neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • काठमाडौं महानगरको सूचना प्रविधि विभाग प्रमुखमा नमराज ढकाल

काठमाडौं महानगरको सूचना प्रविधि विभाग प्रमुखमा नमराज ढकाल

Jan 22nd, 2021

काठमाडौ, माघ ९

काठमाडौं महानगरपालिकाको सूचना प्रविधि विभाग प्रमुखको रुपमा निर्देशक नमराज ढकालले कार्यभार सम्हाल्नु भएको छ ।

महानगरमा स्वच्छ छवीको रुवमा परिचित ढकाललाई सूचना प्रविधिको क्षेत्रमा सुधार गर्ने उद्देश्यका साथ महानगरले सूचना प्रविधि विभागको जिम्मेवारी दिएको हो ।

ढकालले यस अघी महानगर प्रमुखको सचिवालय प्रमुख, सहकारी विभागको प्रमुख, शिक्षा विभागको प्रमुख लगायत विभिन्न विभागको प्रमुख भएर जिम्मेवारी निर्वाह गरिसक्नुभएको छ ।

ढकालले कार्यभार सम्मालेपछी आयोजित कार्यक्रमलाई संबोधन गर्नुहुदै सूचना प्रविधि विभागलाई समयानुकुल परिष्कृत गर्दै विभागलाई महानगरकै लागि सूचनाको श्रोतको रुपमा अगाडी बढाई महानगरबासीलाई सहि र सत्य सूचनाहरुको बारेमा जानकारी गराउने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सूचना प्रविधि विभागका संचारकर्मीहरु र कर्मचारीहरु लगायतको सहभागिता रहेको थियो ।

सोही अवसरमा सूचना प्रविधि विभागका तत्कालिन प्रमुख नरेन्द्र बिलाश बज्राचार्यलाई बिदाई पनि गरिएको थियो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi