neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • राष्ट्रिय समुदायको उत्तरदायी सदस्य बन्न स्काउट आवश्यक छ – मुना खनाल (स्काउट शिक्षक)

राष्ट्रिय समुदायको उत्तरदायी सदस्य बन्न स्काउट आवश्यक छ – मुना खनाल (स्काउट शिक्षक)

Jan 22nd, 2021

आधारभूमि संवाददाता

काठमाडौँ, ९ माघ

राष्ट्रिय समुदायको उत्तरदायी सदस्य बन्न स्काउट आवश्यक छ। स्काउट शिक्षक मुना खनालसँग आधारभूमि समाचारदाता मनिष वाग्लेले गरेको अन्तरवार्ताको अंश :

आम नागरिकले स्काउटलाई कसरी बुझ्ने ?

बालबालिका, किशोरकिशोरी तथा युवायुवतीका लागि उनीहरूको तह, उमेर, रुची, सोच अनुसार मनोबैज्ञानिक रुपमा प्रभाव पारि उनीहरूको व्यतिगतरुपमा पूर्ण शारीरिक, मानसिक, बौद्धिक, सामाजिक तथा आध्यात्मिक क्षमता विकास गर्ने सामाजिक संस्था हो ।

स्काउट किन आवश्यक छ ?

किशोर, किशोरी तथा युवाहरूको व्यतिगतरुपमा पूर्ण शारीरिक ,बौद्धिक ,सामाजिक तथा आध्यात्मिक क्षमताको विकास गरि उनीहरूको आत्म अनुशासन, आत्मविश्वास, विश्वसनियता, दायित्ववोध, दक्षता, वन्धुत्वको भावना विकास, सहयोग र नेतत्व गर्ने योग्यता आर्जन गरि स्थानीय, राष्ट्रिय समुदायको उत्तरदायी सदस्य बन्न स्काउट आवश्यक छ ।

स्काउटमा आवद्ध भएका र नभएकाहरुकोबिचमा कस्तो भिन्नता पाउनुहुन्छ ?

तालिम एंव अभ्यासको माध्यमद्धारा स्काउटिंग क्रियाकलाप गरी स्काउटको नियममा विश्वासयोग्य, भक्त, उपयोगी, सहयोगी, सबैको मित्र, विनम्र, दयालु, अनुशासित, आज्ञाकारी, सधैं प्रसन्न, मितव्ययी, मन, वचन र कर्ममा पवित्र बस्ने भएकोले स्काउट अरु भन्दा भिन्न हुन्छ ।

विभिन्न किसिमको प्राकृतिक विपत्ति लगायतका सामाजिक कार्यहरुमा स्काउटको भूमिका कस्तो रहन्छ ?

दैवीप्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरुको उद्धार तथा सहायता कार्यमा स्काउटले स्वयंसेवक परिचालन गरिरहको छ । जस्तै भुकम्पमा दिनरात नभनी पुरिएर मृत्यु भएकाको लास निकाल्ने र घाइतेलाई अस्पताल पु¥याउने, भत्किएका घरबाट खाधन्न निकाल्ने, जाडोमा कठङ्रियकालाई न्यानो कपडा वितरण गर्ने, महिलाहरुलाई महिनावारी सम्बन्धि ज्ञान दिने, सामूदायिक प्रहरीसँग साझेदारी कार्यक्रम अन्तरगत महिला हिसां, टाफिक नियम, साइबर क्राइम जस्ता कार्यक्रम गर्ने, विश्वव्यापी महामारी कोरोनाको समयमा जनसमुदायमा पुगेर माक्स लगाउने तरीका, साबुनपानीले हात धुने तरिका, स्यानिटाइजरको प्रयोग र सामाजिक दुरी कायम गर्ने सिकाउन स्काउट स्वयंसेवकहरु परिचालन गरिएको छ ।

बेला बेलामा स्काउटसगँ जोडिएका संस्थाहरुमा आर्थिक पारदर्शिताको कुराहरु पनि आउने गर्छन नि ?

स्काउट यस्तो संस्था हो जहाँ सदस्य बन्न जम्मा दुई रुपैयाँ लाग्दछ त्यो विधार्थी स्वयमले तिर्नुपर्छ । आर्थिक कारोबार थोरै हुने खासै समस्या परेको जानकारी छैन ।

अहिले तपाई आवद्ध रहेको संस्थाले के काम गरिरहेको छ ?

विश्व स्काउटद्धारा प्रतिपादित सिद्धान्त, मान्यता र भावनासँग नेपालका बालबालिका तथा युवावर्गलाई परिचित गराउदै बालबालिका तथा युवावर्गलाई जनसेवी बनाउने, बालबालिका तथा युवाहरूलाई नेपाल स्काउटको माध्यमद्वारा कर्तव्य परायण, अनुशासित, स्वावलम्बी, सच्चा चरित्रवान तथा सुयोग्य नागरिक बनाउने, दैवीप्रकोप तथा दुर्घटनामा परेका व्यक्तिहरुको उद्धार तथा सहायता कार्यमा स्काउट परिचालन गर्ने,गराउने, सामुदायिक सेवा तथा जनहित सम्बन्धी कार्य गर्ने, गराउने, समाजका हरेक वर्ग तथा समूहलाई समेटि कार्यक्रमहरु गर्ने, गराउने, स्वास्थ, वातावरण, भु संरक्षण तथा प्राकृतिक श्रोतको उपयोग सम्बन्धी विभिन्न जन उपयोगी कार्यक्रम सञ्चालन गर्न स्काउट परिचालन गराउने, नेपाल अधिराज्य भरी रहेको सात प्रदेश, ७७ वटै जिल्ला र ७५३ वटै स्थानीय निकायमा स्काउटिङ्ग गतिविधि पुर्याउने काम नेपाल स्काउटले गरेको छ ।

संस्थाको अल्पकालीन एवं दिर्घकालिन उद्ेश्य के के रहेका छन ?

नेपाल अधिराज्यको सबै स्थानीय निकायमा स्काउटिंग गतिविधि सुचार गरी सबै वर्ग, जाति, सम्प्रदाय धर्म, क्षेत्र, लिङ्ग, तथा वर्णको भेदभाव नराखी सबैमा समानता, भातृत्व एवं भगिनित्वको भावना अभिवृद्धि गर्दै स्काउटिगंको आधारभूत उदेश्य मध्ये उत्तरदायी नागरिक तयार पार्न शारीरिक, मानसिक , बौद्धिक, सामाजिक र आध्यात्मिक क्षमताको विकास गर्नु हो । एउटा उत्तरदायी नागरिक बन्न स्थानीय समुदायदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायमा सक्रिय भूमिका निर्वाह गर्नसक्ने गुणको विकास हुन जरुरी छ जुन कुराहरू स्काउटिंग कार्यक्रममार्फत हासिल गर्न सकिन्छ ।

अन्तयमा के भन्नु हुन्छ?

जो स्काउट कार्यक्रममा संलग्न हुन चाहान्छ आफ्नो इच्छाबाट स्काउटका आधारभूत सिद्धान्तलाई ग्रहण गरि सरिक हुनसक्छ, करकापबाट होइन । त्यसैले यो स्वयंसेवी कार्यक्रम हो । स्काउटिंग कार्यक्रम सबैका लागि खुल्ला कार्यक्रम हो । यसमा निश्चित जनजाति धर्मका व्यक्तिहरु समावेश हुने वा हुन नसक्ने बन्देज छैन ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi