neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • म्यानचेस्टर युनाईटेड प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

म्यानचेस्टर युनाईटेड प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा

Jan 21st, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ ८

प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर युनाईटेड शीर्ष स्थानमा उक्लिएको छ । बुधबार राति भएको खेलमा म्यान्चेष्टर युनाईटेडले फुलहामलाई उसकै मैदानमा २-१ गोलले पराजित गरेको हो ।

युनाईटेडलाई जित दिलाउन एडिनसन काभानी र पाउल पोग्बाले एक एक गोल गरे । फुलहामका एडेमोला लुकम्यानले एक गोल फर्काएका थिए ।

खेलमा पहिलो अग्रता फुलहामले लिएको थियो । खेलको पाँचौं मिनेटमा एडेमोला लुकम्यानले गोल गर्दै फुलहामलाई अग्रता दिलाएका थिए ।

तर,खेलको २१ औं मिनेटमा युनाईटेडका काभानीले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ६५ औँ मिनेटमा पाउल पोग्बाले गोल गर्दै टोलीलाई २-१ ले अघि बढाए। त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र युनाईटेडले जित निकालेको हो ।

जितसंगै युनाईटेडले १९ खेलबाट ४० अंक जोडेको छ र शीर्ष स्थानमा उक्लिएको छ । दोस्रो स्थानको म्यानचेस्टर सिटीको १८ खेलबाट ३८ अंक छ ।पराजित फुलहामको १२ अंक छ र १८ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi