neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ

Jan 20th, 2021

काठमाडौ, माघ ७

राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी रकम ठगी गर्ने पक्राउ परेकाछन । आफूलाई राष्ट्रिय मानव अधिकार आयोगको अध्यक्ष हुँ भनी अमेरिका पठाइदिन्छु भनी निजको नामको परिचय पत्र समेत देखाई ठगी गर्ने जिल्ला संखुवासभा पाँचखपन गाउँपालिका वडा नं. ५ खमारे स्थाई घर भई हाल का.जि.का.म.न.पा. वडा नं. ७ मित्रपार्क, चावहिल बस्ने वर्ष ६० को तुलसी थापालाई यही माघ छ गते मंगलबार काठमाडौँको दरबारमार्गबाट पक्राउ गरी ठगी सम्बन्धि कसूरमा आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाईएको प्रहरीले जनाएको छ ।

थापाले म अमेरिका हुने कार्यक्रममा जाँदा तपाईँलाई ५ वर्षको मल्टिपल भिसा लगाई अमेरिका लैजान्छु भनी विश्वास दिलाई १५ लाख रुपैयाँ रकम ठगी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको साथै निजबाट अन्य कोही ठगिनुभएको छ भने यस कार्यालयमा सम्पर्क राख्नको लागि समेत अनुरोध गरिएको प्रहरीले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi