काठमाडौ, माघ ७
मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंलाई २०० थान फ्लोरोसेन्ट ज्याकेट प्रदान गरेको छ । सडक दुर्घटना न्यूनिकरण गर्न सहयोग पुग्ने उद्धेश्यले प्रदान गरेको संस्थाले जनाएको छ ।
संस्थाका प्रमुख कार्यकारी अधिकृत रामहरि दाहाल, प्रबन्धक राजु प्रसाद पुडासैनीलगायतको उपस्थितिमा महानगरीय ट्राफिक प्रहरी महाशाखा काठमाण्डौंका प्रमुख जनक भट्टराईलाई आज सामाग्री हस्तान्तरण गरिएको हो ।
ट्राफिक प्रहरीले सडक दुर्घटना न्यूनिकरण कम गर्न बिभिन्न सचेतनामूलक कार्यक्रमहरु गर्दै आइरहेको सन्दर्भलाई स्मरण गर्नुहुदै रात्रिकालिन समयमा फ्लोरोसेन्ट ज्याकेटको अभाबमा प्रहरीहरु नै दुर्घटनाको सिकार भएका खबरहरु समाचार माध्यमहरुमा आउने गरिएकोले ज्याकेट बितरण गरिएको प्रमुख कार्यकारी अधिकृत रामहरि दाहालले बताए ।
महानगरीय प्रमुख भट्टराईले आम जनताको सुरक्षामा अहोरात्र खटिरहेका प्रहरीहरुलाई संस्थाले गरेको सहयोगलाई आभार प्रकट गर्नुहुदै समाजमा शान्ति सुरक्षा कायम गराउन समेत सहयोग मिलेकोले कार्यमा अझै उत्साह मिल्ने बताए ।