neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ६ महिनामा ४ खर्ब ७५ अर्ब खर्च गर्याे सरकारले, अब ढुकुटिमा ७५ अर्ब

६ महिनामा ४ खर्ब ७५ अर्ब खर्च गर्याे सरकारले, अब ढुकुटिमा ७५ अर्ब

Jan 20th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, माघ ७

सरकारले चालु आर्थिक वर्षको ६ महिनामा ४ खर्ब ५५ अर्ब रुपैयाँ खर्च गरेको छ । तर धेरैजसो रकम बिकास निर्माणमा नभई प्रशासनिक तथा कर्मचारीको तलब तथा भत्तामा खर्चेको छ । जसका कारण अहिले ढुकुटीमा भने लगभग ७५ अर्ब रकम छ ।

बिकास निर्माणका लागि उठाएको आन्तरिक ऋण तथा बाह्य ऋण खर्च नभइ बस्दा ढुुकुटीमा अहिले सन्तोषजनक रकम देखिन गएको हो ।

महालेखा नियन्त्रक कार्यालयका अनुसार सरकारले पुषमसान्तसम्म ५० अर्ब ८१ करोड मात्रै बिकास खर्च गरेको छ । यो वर्षका लागि ३ खर्ब ५२ अर्ब ९१ करोड रकम छुट्टाएको सरकारले वर्षको आधा समय सकिदा १४ दशमलव चार शुन्य मात्रै खर्च गरेको छ ।

गत वर्ष फागुनबाट मात्रै आन्तरिक ऋण उठाउन सुरु गरेको सरकारले अहिलेसम्म ५७ अर्ब उठाइसकेको छ । यसबाहेक २५ अर्ब बैदेशिक ऋण सहित सरकारले यो वर्ष ८२ अर्ब कुल ऋण थपेको छ । ऋण उठाउने तर उक्त रकम बिकास निर्माणका खर्च गर्न नसक्दा ढुुकुटिमा ७५ अर्ब रकम सञ्चित रहेको छ ।

४ खर्ब २२ अर्ब कुल रकम प्राप्ती गरेको सरकारले यो वर्षमा ४ खर्ब ५५ अर्ब खर्च गरेको छ । पछिल्लो समय सुधार हुँदै आएको आर्थिक क्रियाकलापले वर्षको अन्त्यसम्ममा सरकारले लक्ष्य अनुरुप नै राजस्व संकलन गर्न सक्ने आकलन गर्न सकिन्छ ।

चालु खर्चका लागि पुग्ने गरि राजस्व नै उठ्ने देखिएकाले सरकारलाई ढुक्क भएर बिकास निर्माणमा आन्तरिक ऋण खर्च गर्न सक्ने अवस्था छ, तर यसमा सरकार चुकेको छ ।

प्रवक्ता, महालेखा नियन्त्रक कार्यालय सरकारले बिकास निर्माणका काम अघि बढाउन सकेको छैन । राष्ट्रिय गौरबका आयोजनाहरुमध्ये ४ वटाले मात्रै ३० प्रतिशत भन्दा बढि रकम खर्चेका छन् । अर्थात बिकासले लय समात्न सकेको छैन ।

बिकास खर्चका लागि आवश्यक रकम जोहो हुदा समेत सरकारले निर्माणका काम अघि बढाउन सकेको छैन । स्रोतका लागि समस्या नभएपनि सरकार त्यस्तो रकम बिकास निर्माणमा खर्चन भने सफल नभएको बिज्ञ बताउँछन् ।

सरकारको ढुकुटीको अवस्था हेर्दा चुनाव र कोरोनाको खोपका खरिदका लागि समेत रकम पुग्ने बिज्ञको भनाई छ तर सरकार भने अहिले पनि खोपका लागि दाताको खोजिमा देखिन्छ । रकम जुटाउने तर त्यसलाई खर्चन नसक्नु पनि सरकारको असफलता हो ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi