neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • धम्क्याउदै रकम असुली गर्ने खोज्ने गिरोह पक्राउ

धम्क्याउदै रकम असुली गर्ने खोज्ने गिरोह पक्राउ

Jan 18th, 2021

काठमाडौ, माघ ५

धम्क्याउदै रकम असुली गर्ने खोज्ने गिरोह पक्राउ परेको छ । महानगरीय अपराध महाशाखा मिनभवनले रकम असुली कार्यमा तीन व्यक्तिहरुलाई पक्राउ गरेको हो । महाशाखाका अनुसार पक्राउ पर्नेहरुमा दोलखाको मैलुङ गाउँपालिका घर भई हाल काठमाडौको असन बस्ने १९ बर्षिय प्रदिप कार्की, दोलखा कै शैलुुङ गाउँपालिका घर भई काठमाडौको असन बस्ने १९ बर्षिय सुरज भण्डारी र दोलखाको शैलुुङ नै घर भई काठमाडौको काडाँघारी बस्ने २१ बर्षिय किरण कार्की रहेकाछन ।

काठमाडौं उपत्यका भित्रबिभिन्न ब्यक्तिहरुलाई फोन तथा एसएमएस गरी ज्यान मार्ने डर धाक धम्की देखाईलाखौं रकम माग गर्नुका साथै उक्त रकम नदिए निजहरुलाई क्षति पुर्याउने नभनी धम्की दिने गिरोह सक्रिय रहेको भन्ने सुचना महानगरीय अपराध महाशाखामा प्राप्त भएकोमा यस अपराध महाशाखाबाट निरन्तर त्यस्तो गिरोहको निगरानी राख्दै, खोजतलास गर्दै जाने क्रममा उक्त कार्यमा संलग्न निम्न ब्यक्तिहरुलाई महाशाखा बाट खटिएको प्रहरी टोलिले आईतबार काठमाडौको बागबजार मोडल हस्पिटल अगाडिबाट पक्राउ गरेको हो ।

निजहरुको साथ बाट धम्क्याउन प्रयोग गरेको ५ वटा मोबाईल तथा सिमहरु समेत बरामद गरी प्रारम्भिक अनुसन्धान गरी थप अनुसन्धानको लागि महानगरीय प्रहरी वृत नयाँ बानेश्वर पठाईएको महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi