काठमाडौ, माघ ५
नेपाल चेम्बर अफ कमर्स तथा नेपाल सुनचांदी व्यवसायी महासंघका नवनिर्वाचित पदाधिकारी वीच आज चेम्वर भवन जमलमा छलफल तथा भेटघाट भएको छ ।
उक्त अवसरमा नेपाल चेम्वर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठले नवनिर्वाचित कार्य समितिको सफलताको कामना गर्दै हाम्रो लक्ष तथा उद्धेश्य समान भएकोले नेपाल सुनचांदी व्यवसायीहरुको समस्याहरुलाइ नेपाल चेम्वर अफ कमर्सले गम्भीरतापूर्वक लिने र यसलाइ सम्वोधन गर्न नेपाल चेम्वर अफ कमर्स तत्पर रहेको बताउनु भयो ।
उक्त अवसरमा नेपाल सुनचांदी व्यवसायी महासंघका नवनिर्वाचित अध्यक्ष माणिक रत्न शाक्यले यस सुन चांदी व्यवसायी महासंघ नेपाल चेम्वर अफ कमर्ससंग लामो समय देखि आवद्ध रहेर निजी क्षेत्रको व्यवसाय व्यापारको हक हित स्थापित गर्न अग्रसर रहेको बताउदै सुनचांदी व्यवसायका बिभिन्न समस्याहरु समाधानका लागि पहल गर्न आग्रह गर्नु भयो ।
नेपाल चेम्वर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्लले यस व्यवसायको प्रवद्र्धन गर्न बिभिन्न सुझावहरु पनि प्रस्तुत गर्नु भयो । उक्त अवसरमा नेपाल चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष राजेन्द्र मल्ल तथा उपाध्यक्ष श्री कमलेश अग्रवालको पनि उपस्थिति रहेको थियो ।