neapl investment mega bank
  • गृहपृष्ठ
  • आकासियो खाने तेलको भाउ, एक लिटरमा ३५ रुपैयाँ बढ्दा पनि बजारमा छैन अनुगमन

आकासियो खाने तेलको भाउ, एक लिटरमा ३५ रुपैयाँ बढ्दा पनि बजारमा छैन अनुगमन

Jan 18th, 2021

आधारभूमि संवाददाता

काठमाडौं, माघ ५

बजारमा खाने तेलको भाउ आकासिएको छ । तर सरकार यसमा कुनै अनुसन्धान नै नगरि बसेको छ । कात्तिक यता खाने तेलमा प्रतिलिटर ३५ रुपैयाँ बढ्दा पनि बाणिज्य विभागले अहिलेसम्म यसमा कुनै छानबिन गरेको छैन ।

अन्तर्राष्ट्रिय बजारमा खाने तेलको कच्चा पदार्थको मूल्य बढेको भन्दै उद्योगीहरुले यहाँ तेलको भाउ बढाएका छन् । जबकी उनिहरुले अहिले उत्पादन गरेको तेल नबढेको मूल्यमा आयातित कच्चा पदार्थबाट उत्पादन गरिएको हो ।

साथै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १० प्रतिशत बढेको हो । तर यहाँ उद्योगीले त्यहि कच्चा पदाथर्बाट उत्पादित तेलको मूल्य २० प्रतिशतले बढाएका छन् ।

गत कात्तिकमा भटमासको तेलको मूल्य प्रति प्याकेट १ सय ७५ रुपैयाँ थियो । तर अहिले यसको भाउ बढेर २ सय १० रुपैयाँ पुगेको छ । दुई महिनामै यसको भाउ प्रतिलिटरमै ३५ रुपैयाँ बढेको छ ।

अन्तर्राष्ट्रिय बजारमा दुई महिना यतादेखि मात्रै कच्चा तेलको मूल्य बढेको हो । तर यहाका उद्योगीहरुले भन यसअघि खरिद गरिएकै कच्चा पदार्थबाट उत्पादित तेलको भाउ बढाएर बेचिरहेका छन् ।

गत कात्तिकमा सनफ्लावर तेलको मूल्य १ सय ८५ रुपैयाँ प्रतिलिटरमा खरिद गर्न सकिन्थ्यो । अलिहे त्यहि प्याकेटलाई उपभोक्ताले २ सय २० रुपैयाँ तिर्नु परेको छ । त्यस्तै तोरीको तेलको भाउ पनि आकासिएको छ। गत कात्तिक सम्म दुई सय २० रुपैयाँमा खरिद गर्न सकिने तेलको मूल्य अहिले आकासिएर प्रतिलिटर २ सय ६० रुपैयाँ पुगेको छ ।

सनफ्लवार र तोरीको तेलको मूल्यमा अहिले १८ प्रतिशतको बृद्धि देखिन्छ । यसको मूल्य आकासिनु पर्ने कुनै कारण त छैन तैपनि उद्योगीले मनपरी भाउ बढाएका छन् ।

अहिले उद्योगीले तेस्रो मुलुकबाट भटमासको कच्चा तेल मगाएर भारत निर्यात गरिरहेका छन् । जसका कारण बजारमा माग बढेको देखिएको छ । यहि मागका आधारमा उद्योगीले भाउ बढाउन पाएका हुन् । त्यसैले यस्तो निर्यात नै बन्द गर्नुपर्ने उपभोक्ताकर्मि बताउँछन् ।

भारतले नेपालबाट जाने कृषिजन्य बस्तुमा शुन्य भन्सारको सुविधा उपलब्ध गराएको छ भने अन्य देशबाट आउने खाने तेलमा ४५ प्रतिशत कर लगाउँछ । यसको फाइदा उठाउँदै सिमा क्षेत्रका ब्यापारीले गत वर्षसम्म तेस्रो मुलुकबाट आयात गरेर भारतमा पाल्म तेल निर्यात गर्थे । यसरी पाल्म तेल निर्यात गरिरहेको सुइको पाएपछि गत वर्ष पुषमा भारतले नपालबाट जाने पाल्म तेल निर्यातमा प्रतिबन्ध लगायो । जुन अहिलेसम्म पनि कायमै छ । यो वर्षको मंसिरसम्ममा जम्मा ४ लाखको पाल्म तेल निर्यात भएको छ । जबकी गत वर्षको मंसिरसम्म ११ अर्बको पाल्म तेल निर्यात भएको थियो ।

पाल्म तेल प्रतिबन्ध पछि ब्यापारीहरु भने चुप बसेका छैनन, उनिहरु फेरी बिदेशबाट भटमासको तेल आयात गरेर भारत पठाउन थालेका छन् । गत वर्षको मंसिरसम्म जम्मा ३ अर्बको भटमासको तेल निर्यात भएकोमा यो वर्षको सोहि अवधिमा साढे १३ अर्बको भटमासको तेल निर्यात भएको छ ।

पाल्म तेलको कच्चा पदार्थ मलेसिया र इन्डोनसियाबाट आयात हुन्थ्यो । अहिले ब्यापारीले कच्चा भटमास तेल भने ब्राजिल र अर्जेन्टिनाबाट आयात गर्ने गरेका छन् । यहि अर्जेन्टीनाबाट आयात गरिएको कच्चा पदार्थमा आयातित तेलको मूल्य अहिले २० प्रतिशतले महंगीएको छ ।