neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • युभेन्ट्स ईन्टर मिलानसँग २-० गोलले पराजित

युभेन्ट्स ईन्टर मिलानसँग २-० गोलले पराजित

Jan 18th, 2021

आधारभूमि संवाददाता
काठमाडौँ,माघ ५


इटालियन सिरि ए फुटबलमा ईन्टरमिलानले साविक विजेता युभेन्ट्सलाई पराजित गरेको छ । आइतबार राति भएको खेलमा युभेन्ट्सलाई ईन्टरमिलानले २-० गोलले पराजित गरेको हो ।

ईन्टर मिलानलाई जित दिलाउन आर्टुरो विदाल र निकोलो बरेल्लाले एक एक गोल गरे ।

खेलको १२ औं मिनेटमा आर्टुरो विदालले गोल गर्दै ईन्टर मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए।

दोस्रो हाफको ४२ औँ मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै ईन्टर मिलानलाई २-० ले अघि बढाए। त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र ईन्टर मिलानले जित निकालेको हो ।

जितसँगै मिलानले १८ खेलबाट ४० अंक जोडेको छ र दोस्रो स्थानमा छ ।पराजित युभेन्ट्सको १७ खेलबाट ३३ अंक छ पाँचौ स्थानमा छ । इन्टरले शीर्ष स्थानको एसी मिलानसँग अंक बराबरी गरेको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi