neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उल्भ्स वेस्ट ब्रुमसँग घरेलु मैदानमा पराजित

उल्भ्स वेस्ट ब्रुमसँग घरेलु मैदानमा पराजित

Jan 17th, 2021

आधारभूमि संवाददाता

काठमाडौ, ४ माघ

प्रिमियर लिग फुटबलमा वेस्ट ब्रुमले उल्भ्सलाई पराजित गरेको छ ।शनिबार राति भएको खेलमा वेस्ट ब्रुमले उल्भ्सलाई उसकै घरेलु मैदानमा ३-२ गोलले पराजित गरेको हो ।

वेस्ट ब्रुमलाई जित दिलाउन माथ्युएस पेरिएराले दुई गोल र सेमी अजयीले एक गोल गरे ।उल्भ्सका फाबियो सिल्भा र विलि बोलेले एक एक गोल गरे ।

खेलको आठौं मिनेटमा माथ्युएस पेरिएराले पेनाल्टीमा गोल गर्दै वेस्ट ब्रुमलाई सुरुवाती अग्रता दिलाएका थिए। ३८ औं मिनेटमा उल्भ्सका फाबियो सिल्भाले गोल गर्दै खेल बराबरीमा फर्काए ।

दोस्रो हाफको ४३ औँ मिनेटमा विलि बोलेले गोल गर्दै उल्भ्सलाई २-१ ले अघि बढाए।तर,खेलको ५२ औं मिनेटमा वेस्ट ब्रुमका सेमी अजयीले गोल गर्दै खेल २-२ को बराबरीमा फर्काए ।

खेलको ५६ औं मिनेटमा माथ्युएस पेरिएराले पेनाल्टीमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ३-२ ले अघि बढाए।त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र वेस्ट ब्रुमले जित निकलेको हो ।

जितसँगै वेस्ट ब्रुमले १८ खेलबाट ११ अंक जोडेको छ र १९ औँ स्थानमा छ ।पराजित उल्भ्सको १९ खेलबाट २२ अंक छ र १४ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi