आधारभूमि संवाददाता
काठमाडौं, ३ माघ
बुधवार थप २४० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा तीन हजार ८१९ जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या दुई लाख ६७ हजार ५६ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट तीन हजार ८१९ जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या २३१ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या चार हजार ५४ जना छन् । हालसम्म २० लाख आठ हजार ९४४ जनाको पीसीआर परीक्षण गरिएको छ।
पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १३१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । जसमा ४२ महिला र ८९ पुरुष रहेका छन् ।
थप ४७७ जना डिस्चार्ज
नेपालमा पछिल्लो २४ घण्टामा ४७७ जनाले कोरोना जितेका छन् ।
योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या दुई लाख ६१ हजार ४४ पुगेको छ ।
नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ९५४ पुगेको छ। पछिल्लो २४ घण्टामा थप छ जनाले ज्यान गुमाएका मन्त्रालयले जनाएको छ ।