neapl investment mega bank
  • गृहपृष्ठ
  • नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्ट आजबाट , उत्कृष्ट फुड अर्डरका साथमा लाइभ म्यूजिक हेर्न सकिने

नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्ट आजबाट , उत्कृष्ट फुड अर्डरका साथमा लाइभ म्यूजिक हेर्न सकिने

Jan 15th, 2021

काठमाडौ, माघ २

नेपालको सबैभन्दा लोकप्रिय अनलाइन फुड डेलिभरी प्लेटफर्म फुडमाण्डूले विगत ३ वर्षदेखि नियमित रुपमा आयोजना गर्दै आएको अनलाइन फुड फेस्टिवल यस वर्ष पनि माघ दुई गते अर्थात आजबाट सुरु भएको छ ।

फुडमाण्डूले प्रविधिमा आधारित नेपालको सबैभन्दा ठूलो फुड फेस्टिवल सन् २०१७ देखि नियमितरुपमा आयोजना गरिरहेको छ, जसमा कम्पनीले उत्कुष्ट खानेकुराका साथै आफ्ना ग्राहकहरुलाई मनोरन्जन समेत प्रदान गर्दछ । एक सातासम्म संचालन हुने अनलाइन फुड फेस्टिवलमा उत्कुष्ट फुड डिलसहित अग्मेन्टेड रियालिटी गेमका साथसाथै पहिलो पटक लाइभ म्यूजिक समेत आयोजना गर्दैछ । सो लाइभ म्यूजिक इभेन्टमा ज्योभन भुजु, संजय महत, उज्वल मान श्रेष्ठ, प्रसन्ना अधिकारीलगायतका कलाकारहरुले आफ्नो विशेष परफरमेन्स प्रस्तुत गर्नेछन् ।

फुडमाण्डूको अनलाइन फुड फेस्टिवलमा पहिलो पटक पोखरामा समेत आयोजना हुनेछ ।
कम्पनीले केहि दिनअघि मात्र पर्यटकिय नगरी पोखरामा आफ्नो सेवा बिस्तार गरेको थियो । अब भने पोखरेलीहरुले समेत नेपालको सबैभन्दा ठूलो अनलाइन फुड फेस्टको मज्जा लिन सक्नेछन् । कम्पनीले वार्षिकरुपमा आयोजना गर्ने अनलाइन फुड फेस्टिवलमा कम्पनीले मोबाइल एप्समार्फत अर्डर गर्ने ग्राहकहरुलाई आकर्षक क्यासब्याकका साथसाथै अधिकतम रु.५०० बराबरको २५ प्रतिशतसम्मको डिस्काउन्स अफर दिनेछ । त्यसैगरि कम्पनीले क्यूआरमार्फत भुक्तानीमा समेत छुटको सुबिधा दिनेछ ।

अनलाइन फुड फेस्टिवलमा कम्पनीले रु.१ मा नै ग्राहकहरुलाई खानेकुरा उपलब्ध गराउने छ भने फुड फेस्टिवलमा राखिएका गेमहरु खेलेर थप डिस्काउन्ट समेत प्राप्त गर्नसक्नेछन् । त्यसैगरि फ्लाश सेलमा दिनको तीन पटक एक एक घण्टाको अफर आयोजना गरिनेछ भने मिस्ट्री ब्यागअन्तरगत न्यूनतम मूल्यमा सरप्राइज फुड प्राप्त गर्न सकिनेछ ।

अनलाइन फुड फेस्टिवलमा फोनपे मार्फत क्यूआर पेमेन्ट गर्न सकिने र छुट प्राप्त गर्न सकिनेछ । हामीले अनलाइन फुड फेस्टिवल आफ्ना ग्राहकहरुलाई अनलाइनमार्फत फुड अर्डर बिक्री गर्ने मात्र नभएर ग्राहकहरुलाई मनोरन्जन समेत गर्न चाहन्छौं । यस वर्ष हामी फुड फेस्टिभलमार्फत उत्कृष्ट खानासहित लाइभ म्यूजिक परफरमेन्समार्फत मनोरन्जनसमेत प्रदान गर्नेछौं, कम्पनीका माकेटिंग एण्ड सेल्स म्यानेजर श्याम मालीले भने । अझ यस पटक हामीले पोखारामा समेत अनलाइन फुड फेस्टिवल आयोजनागर्ने हुँदा थप उत्साहित भएका छौं ।

उनका अनुसार ग्राहकहरुले अनलाइन फुड फेस्टिवलमा विभिन्न गेममार्फत भारी डिस्काउन्ट समेत प्राप्त गर्नेछन् । फुडमाण्डू अनलाइन फुड फेस्टिवलमा नेपालका उत्कृष्ट रेष्टुरेन्टहरु सहभागी छन जसमध्ये काठमाडौंमा ३० वटा रेस्टुरेन्ट तथा पोखरामा १४ वटा रेस्टुरेन्टहरु सहभागी हुनेछन्, जसले ग्राहकहरुलाई नौलो र उत्कृष्ट स्वादसहित खानेकुराहरुको प्याकेज ग्राहकहरुलाई उपलब्ध गराउनेछन् ।