neapl investment mega bank
  • गृहपृष्ठ
  • महान्यायधिवत्ताको कार्यालयद्धारा चितवन कारागारलाई पुस्तक हस्तान्तरण

महान्यायधिवत्ताको कार्यालयद्धारा चितवन कारागारलाई पुस्तक हस्तान्तरण

Jan 15th, 2021

काठमाडौ, माघ २

महान्यायाधिवक्ताको कार्यालयको तर्फबाट जिल्ला सरकारी वकील कार्यालय, चितवन मार्फत कारागार कार्यालय, चितवनलाई पुस्तक हस्तान्तरण गरिएको छ । कार्यालयले यही माघ एक गते बिहिबार कैदीबन्दीलाई अध्ययन गर्नका लागि पुस्तक हस्तान्तरण गरेको हो ।

कारागार कार्यालय, चितवनको परिसरमा आयोजित एक कार्यक्रमका बीच जिल्ला न्यायाधिवक्ता महेश प्रसाद खत्री सहायक जिल्ला न्यायाधिवक्ता घनश्याम घिमिरे तथा महान्यायाधिवक्ताको कार्यालयका सहायक न्यायाधिवक्ता शिव वाग्लेले कारागार कार्यालय, चितवनका प्रमुखलाई पुस्तक हस्तान्तरण गरेका हुुन । संस्थागत सुधार मार्फत न्यायमा पहुँच परियोजनासँगको सहकार्यमा नेपालको संविधान, ऐन, नियमका संग्रह लगायतका साहित्य, इतिहास सहित अन्य पठनीय सामाग्रीहरू कैदी बन्दीलाई अध्ययन गर्नका लागि हस्तान्तरण गरिएको हो ।