neapl investment mega bank
  • गृहपृष्ठ
  • शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न राप्रपा अध्यक्ष राणाद्धारा माग

शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न राप्रपा अध्यक्ष राणाद्धारा माग

Jan 12th, 2021

काठमाडौ, पुस २८

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वी जयन्तीको अवसरमा शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न सरकारसँग माग गरेका छन् । ‘पृथ्वीनारायण शाहको जन्म जयन्ती तथा राष्ट्रिय एकता दिवसको उत्सवमा राष्ट्र निर्माताको सालीकमा माल्यार्पण गर्न जाँदा किन प्रहरी दमन भयो ?’ राप्रपाका अध्यक्ष राणाले मंगलबार भने ।

‘राष्ट्रिय विभूतिप्रति सम्मान, श्रद्धा व्यक्ति गर्ने गैरराजनीतिक, शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न सरकारसँग माग गर्दछु,’ ट्वीट गर्दै राणाले भने । २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा सिंहदरबारस्थित पृथ्वीनारायण शाहको सालीकमा माल्यार्पण गर्न जाँदा प्रहरी र नागरिक समुहबीच सोमबार झडप भएको थियो । राप्रपा अध्यक्ष राणाको नेतृत्वमा रहेको र्यालीलाई प्रहरीले रोक्दा झडप भएको थियो ।

उक्त घटनालगत्तै राणाले सरकारले लोकतन्त्रविरोधी कार्य गरेर नागरिकको नैसर्गिक अधिकारमाथि क्रुर दमन र अन्याय गरेको भन्दै कडा शब्दमा भत्र्सना गरेका थिए ।् पृथ्वीनारायण शाहको सालीकमा माल्यार्पण गरेपछि राणाले, प्रजातन्त्र जोगाउन राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापना गरेरै छाड्ने उद्घोष गरेका थिए ।