neapl investment mega bank
  • गृहपृष्ठ
  • सिभिल क्यापिटल मार्केटको १२ औ बार्षिक साधारण सभा सम्पन्न

सिभिल क्यापिटल मार्केटको १२ औ बार्षिक साधारण सभा सम्पन्न

Jan 11th, 2021

काठमाडौ, पुुस २७

सिभिल क्यापिटल मार्केट्स लिमिटेडको १२ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीले आईतबार सिटिसीमल, सुन्धारा, काठमाडांंैमा बार्षिक साधारण सभा सम्पन्न गरेको हो ।

सभाले साधारण प्रस्ताव अन्र्तगत आर्थिक वर्ष २०७६/०७७ को सञ्चालक समितिको प्रतिवेदन पास गर्नुका साथै २०७७ असार मसान्तसम्मको वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरण स्वीकृत गरेको छ । सभाले संचालक समितिले प्रस्ताव गरे बमोजिम चुक्ता पूँजीको पाँच प्रतिशतका दरले हुन आउने कर सहित एक करोड छ लाख २५ हजार मात्र नगद लााभांश वितरण गर्ने प्रस्तावहरु पारित गरेको छ । सभाले विशेष प्रस्ताव अन्र्तगत सम्बन्धित निकायको स्वीकृतीलिई संस्थागत परामर्शदाता सेवा अन्तर्गत व्यवसायिक योजना, लोन सिण्डिकेशन, वर्किङ क्यापिटल फाइनान्सिङ, भेञ्चर क्यापिटल, प्राईभेट इक्विटी, हेज फण्ड जस्ता कोषहरु संचालन, सम्पत्ति व्यवस्थापन लगायतका सम्बन्धित सेवाहरु प्रदानगर्ने साथै आफ्ना ग्राहकहरुको वीमा अभिकर्ता भई काम गर्ने प्रस्तावहरु समेत स्वीकृत गरेको छ ।

छिटो छरितो तथा ग्राहकमुखि सेवा दिदै ग्राहक एवं लगानीकर्ता माझ लोकप्रिय बन्दै गइरहेको सिभिल क्यापिटलले आगामीदिनहरुमा नयाँ प्रविधियुक्त थप उत्कृष्ट सेवा प्रदानगरि विशिष्ट स्थान प्राप्त गर्ने प्रतिबद्धता सो सभामा व्यक्त गरकेो छ । निष्काशन तथा विक्री प्रबन्धक सँगै सिभिल क्यापिटल पुँजी बजारमा ग्राहकहरुमाझ लोकप्रिय बन्दै गएको, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), संस्थागत परामर्श सेवा, ५५ हजार भन्दामाथि डीम्याट (डीपी) सेवा, नौ बटा कम्पनीको शेयर रजिष्ट्रार र लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको कुरा प्रमुख कार्यकारी अधिकृत झनकराज ढुंगेलले बताए ।