neapl investment mega bank
  • गृहपृष्ठ
  • महालक्ष्मी विकास बैंकद्धारा कोटेश्वर शाखाको औपचारिक उद्घाटन

महालक्ष्मी विकास बैंकद्धारा कोटेश्वर शाखाको औपचारिक उद्घाटन

Sep 17th, 2019

काठमाडौं, ३१ भदौ 
महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दे लैजाने क्रममा काठमाडौं महानगरपालिका वडा नं.३२, स्थित कोटेश्वर शाखा कार्यालयको यही भदौ ३० गते सोमबारका दिन औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ । उक्त शाखाको उद्घाटन कार्यक्रमका प्रमुख अतिथि तथा नेपाल राष्ट्र बैंक, विकास बैंक सुपरीवेक्षण विभागका कार्यकारी निर्देशक ऋषिकेश भट्टले दीप प्रज्वलनका साथ गरेका हुन् । सभापतिको आसन ग्रहण बैंकका सञ्चालक समितिका सदस्य राजेश कुमार रौनियारले गरेका थिए ।

बैंकका प्रमुख कार्यकारी अधिकृत कृष्णराज लामिछानेले सो समारोहमा उपस्थित अतिथि, विभिन्न कार्यालयका प्रमुखहरु, व्यवसायी तथा स्थानीय सर्वसाधारणको उपस्थिति प्रति कृतज्ञता ज्ञापन गरेका थिए । उनले बैंकले आफ्ना ग्राहकको आवश्यकतालाई उल्लेख्य रुपमा सम्बोधन गर्दे आइरहेको जानकारीका साथै आगामी दिनमा बैंकले अझै उत्कृष्ट सेवा दिने तथा बैकिङ्ग सेवामा नेपाली जनताको पहुँच बढाउन बैकले शाखा विस्तारको क्रमलाई निरन्तर अघि बढाइरहने प्रतिवद्धता व्यक्त गरे । देशका शहरी तथा ग्रामीण क्षेत्रका विभिन्न स्थानहरुमा एक सय वटा शाखा तथा ३५ वटा एटिएमहरुमार्फत सेवा प्रदान गरिरहेको बैंकमा ग्राहक संख्या करिब पाँच लाख रहेको बैंकले जनाएको छ ।