neapl investment mega bank
  • गृहपृष्ठ
  • अदालतमा बिचाराधिन संसद बिघटनको विषयमा कसैले पनि दबावरप्रभाव नपारौंःअध्यक्ष थापा

अदालतमा बिचाराधिन संसद बिघटनको विषयमा कसैले पनि दबावरप्रभाव नपारौंःअध्यक्ष थापा

Jan 9th, 2021

काठमाडौं,२५ पुष,

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थपाले संसदमा बिचाराधिन संसद विघटनको बिषयमा कसैले पनि दबाव वा प्रभाव पार्न नहुनेका जोड दिएका छन् ।

सामाजिक सञ्जाल ट्वीट माफर्त अध्यक्ष थापाले यस्तो बताएका हुन् । थापाले संविधान कार्यान्वयनमा देखिएका विवाद र अस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको भएको भन्दै उक्त कुरामा जोड दिएका छन् ।

साथै उनले प्रतिनिधिसभा विघटन सम्वन्धि संवैधानिक प्रावधानमा केही अस्पष्टता रहेको र सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था भएको बताएका छन् ।

त्यसैले अदालतमा विचाराधिन विषयमा दवाव र प्रभाव पार्ने काम कतैबाट हुनु नहुंनुपर्नेमा अध्यक्ष थपाले जोड दिएका छन् ।

उनको ट्वीटः संविधान कार्यान्वयनमा देखिएका विवादरअस्पष्टताको निरूपण गर्ने अधिकार सर्वोच्च अदालतको हो । प्रतिनिधिसभा विघटन सम्वन्धि संवैधानिक प्रावधानमा केही अस्पष्टता छ । सो अस्पष्टता हटाउन सर्वोच्चले व्याख्या गर्नुपर्ने अवस्था छ । अदालतमा विचाराधिन विषयमा दवावरप्रभाव पार्ने काम कतैबाट हुनु हुंदैन ।