neapl investment mega bank
  • गृहपृष्ठ
  • अब एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएम मेसिनमार्फत रकम निकाल्दा २० रुपैयाँ शुल्क लाग्ने

अब एउटा बैंकको एटिएमबाट अर्को बैंकको एटिएम मेसिनमार्फत रकम निकाल्दा २० रुपैयाँ शुल्क लाग्ने

Jan 7th, 2021

काठमाडौ, पुुस २३

एउटा बैंकको एटिएम कार्डबाट अर्को बैंकको एटिएम मेसिनमार्फत रकम निकाल्दा २० रुपैयाँ शुल्क लाग्ने भएको छ । आज बिहिबार भुक्तानी सम्वन्धी कार्य गर्ने सम्वन्धीत सबै संस्थाहरुको नाउँमा परिपत्र जारी गर्दे राष्ट्र बैंकले यस्तो व्यवस्था कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

सो अनुसार एउटा बैंक तथा बित्तीय संस्थाले जारी गरेका एटिएम कार्ड स्वदेश भित्रै अर्को बेंक तथा बित्तीय संस्थाको एटिएममा प्रयोग गर्दा मासिक न्युनतम दुुई वटा कारोवारसम्म निशुल्क गर्ने व्यवस्था कार्यान्वयनमा ल्याउन पनि राष्ट्र बैंकले निर्देशन दिएको छ । तर दुुई वटा भन्दा बढी कारोवारको हकमा भने बैंक तथा बित्तीय संस्थाहरुले प्रति कारोवार २० रुपैयाँसम्म शुल्क लिन सक्नेछ, सक्नेछन । यसैगरी राष्ट्र बैकले राजश्व संकलनको लागि यही पुुस २५ गते शनिवार पनि बैंक तथा बित्तीय संस्था खोल्न निर्देशन समेत दिएको छ ।