हेटौंडा, पुस २३
राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले गृहजिल्ला पुगेर सकृय सदस्यता बन्ने अभियानको शुभारम्भ गरेका छन् । हेटौंडा -१८ हर्नामाडिमा आज आयोजित कार्यक्रममा सकृय सदस्य बन्नको निमित्त जिल्ला अध्यक्ष रामहरी न्यौपानेलाई फारम बुझाएर थापाले अभियान शुरु गरेकाछन ।
राप्रपाको आगामी महाधिवेशन सकृय सदस्यताको आधारमा महाधिवेशन प्रतिनिधि हुने नीति अनुरुप पार्टीले सघन रुपमा देशब्यापी सकृय सदस्यता बितरण अभियान संचालन गरेको छ ।
महाधिवेशनमा महिला, मधेसी, सिमान्तक्रीत,दलित, पिछडिएका सबैको सहभागीता सुनिश्चित गरेको समेत सो अबसरमा जनाईएको छ । कार्यक्रममा बोल्दै थापाले राप्रपालाई मुलुकको बलियो राष्ट्रबादी प्रजातान्त्रिक शक्ति निर्माण गर्ने अभियानमा साथ सहयोग र सक्रियताको निमित्त कार्यकर्तालाई आग्रह गरे । मुलुकको बिकास र समृद्धिको निमित्त राप्रपासंग स्पष्ट खाका भएको भन्दै थापाले काङ्ग्रेस र कम्युनिस्टको बिकल्प राप्रपा भएको समेत दाबी गरे ।
कार्यक्रममा बोल्दै नेता मधु अधिकारिले मकवानपुरको बिकास र प्रदेश राजधानी हेटौंडा बनाउनमा कमल थापाको महत्त्वपूर्ण भुमिका र योगदानको कदर गर्नुपर्ने आबश्यकता औल्याए । सो अबसरमा अध्यक्ष थापासङ्गै सकृय सदस्यताको लागि नेताहरु मधु अधिकारी,राजाराम बर्तौला, प्रलिता थापा, नबराज बिष्ट,रामहरि न्यौपाने,शिव रिजाल,गुरु सापकोटा लगयतले सकृय सदस्यता फारम बुझाएका थिए। देशभर ३ लाख सकृय सदस्य बनाउने लक्ष्यका साथ अभियान शुरु गरिएको पार्टीका नेता राजाराम बर्तौलाले जानकारी दिए ।राप्रपाको महाधिवेशन आगामी बैशाखमा तोकिएको छ ।