neapl investment mega bank
  • गृहपृष्ठ
  • सन्राइज बैंक लिमिटेडका ग्राहकलाई भिवान्ता होटलमा बिशेष छुट

सन्राइज बैंक लिमिटेडका ग्राहकलाई भिवान्ता होटलमा बिशेष छुट

Jan 6th, 2021

काठमाडौ, पुुस २२

सन्राइज बैंकले आफ्ना ग्राहकहरुको सहजता तथा सुविधालाई मध्यनजर गर्दै अस्पताल, रेष्टुरेन्ट तथा विभिन्न क्षेत्रमा विशेष छुट सहितका सुविधा दिदैं आएको छ । त्यसै क्रममा बैंकले होटल क्षेत्रमा विभिन्न छुट दिने उद्देश्यका साथ होटल भिवान्ता काठमाडौमा बैंकका ग्राहकहरुलार्ई विशेष छुट प्रदान गर्ने सम्झौतापत्रमा हस्ताक्षर गरेको छ ।

सम्झौता अनुसार बैंकका ग्राहकहरुले भिवान्ता काठमाडौको मेन्ट र अकारी रेष्टुुरेन्टमा खाना र बेबरेजको सन्राइज बैंकको के्र्रडिट तथा डेबिट कार्ड मार्पmत भुक्तानी गर्दा १० प्रतिशतको छुट लिन सक्नेछन् । बैंकले “स्मार्ट बनौं, डिजिटल बैंकिङ्ग गरौ” अभियान अनुरुप आफ्ना ग्राहकहरुलाई नगद कारोबारबाट डिजिटल कारोबारमा जान उत्प्रेरित गर्दै आएको र ग्राहकहरुको अपेक्षाअनुरुप नबिनतम् सेवा सुबिधाहरु थप गर्दै जाने बैंकले जनाएको छ ।