neapl investment mega bank
  • गृहपृष्ठ
  • सनराइज बैंकको ५८ औं शाखा रहित बैंकिङ्ग सेवा बेलकोटगढी नुवाकोटमा

सनराइज बैंकको ५८ औं शाखा रहित बैंकिङ्ग सेवा बेलकोटगढी नुवाकोटमा

Jan 6th, 2021

काठमाडौ, पुुस २२


सन्राइज बैंक लिमिटेडले नुवाकोट जिल्लाको बेलकोटगढी नगरपालिका–५, माझगाउँ, नुवाकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा संचालनसंगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५८ पुगेको छ । बैंकले बेलकोटगढी नगरपालिका–५,माझगाउँ, नुवाकोटमा खोलेको शाखारहित बैंकिङ्ग सेवाको प्रतिनिधिका रुपमा महेश्वर भुर्तेललार्ई नियुक्त गरेको छ ।

शनिबार आयोजित कार्यक्रममा प्रमुख अतिथिका रुपमा बेलकोटगढी नगरपालिका वडा नं. ५ का अध्यक्ष अनन्तराम नेपाल, बट्टार शाखाका शाखा प्रबन्धक दिपेन्द्र श्रेष्ठ र अन्य बैंकका कर्मचारीहरुको समेत उपस्थिति रहेको थियो । उक्त कार्यक्रमको अध्यक्षता वडा नं. ५ का अध्यक्ष अनन्तराम नेपालले गरेका थिए । बैंकिङ्ग सेवाको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको स्थानबाट समेत शाखारहित बैंकिङ्ग सेवा अन्तर्गत ए.टि.एम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ । यस सेवाबाट ग्राहकहरुले निक्षेप संकलन, रकम भुक्तानी, रकम स्थानान्तरण, बिल भुक्तानी जस्ता सेवाहरु लिन सकिने बैंकले जनाएको छ । कृषि र रेमिट्यान्स मुख्य आयस्रोत रहेको सो क्षेत्रका बासिन्दाहरुमा बैंकिङ्ग पहुच पु¥याउने उद्देश्यका साथ बैंकिङ्ग सेवा सुरु गरेको बैंकले जनाएको छ ।

हालसम्म सन््राइज बैंकले १३९ वटा शाखा, ५८ वटा शाखारहित बैंकिङ्ग सेवा, ११ वटा एक्सटेन्सन काउण्टर र १६१ वटा ए.टि.एम मार्फत आफ्ना ७ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ । साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा, नेपालका अन्य स्थानहरुमा पनि बैकिङ्ग सेवा संचालन गर्दै जाने योजना रहेको जनाएको छ ।