neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा चोरीपैठारीको सामान बरामद

Jan 4th, 2021

काठमाडौं, पुुस २०

महोत्तरी जिल्लाको सम्सी गाउँपालिका ७ चाँदनी चोकबाट पौष १९ गते एपीएफ टोलीले करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको २ सय १० वटा एलइडी टिभीको स्क्रिनकभर बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त टिभीको स्क्रिनकभर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट सम्सीबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । बरामद स्क्रिनकभर भन्सार कार्यालय जलेश्वरमा बुझाईएको छ ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३० गण बाँकेबाट खटिएको एपीएफ टोलीले पौष २० गते करीव एक लाख ३१ हजार रुपैयाँ बराबरको चोरीपैठारीको जुत्ता र मोटरसाईकलको व्याट्री बरामद गरेको छ ।

यूपी ४० आर ६२९६ नम्बरको भारतीय मोटरसाईकलमा अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले बाँके जिल्लाको नेपालगंज उपमहानगरपालिका १५ स्थित पिप्रहवा ईलाकाबाट बरामद गरेको हो । एपीएफ टोलीले त्यसवेला सामान ल्याउन प्रयोग भएको उक्त मोटरसाईकल समेत बरामद गरेको छ । बरामद सामान तथा मोटरसाईकल जमुनाहा भन्सार कार्यालयमा बुझाईएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi