काठमाडौ, पुुस १९
चितवनको भरतपुरमा निमार्ण गरिरहेको गौतमबुद्ध अन्र्तराष्ट्रिय क्रिकेट रंगशालाका लागि ललितपुरको अल्का अस्पताल प्रालिले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गरेको छ । रंगशाला निमार्णाधिन स्थलमा पुगेर अल्का अस्पताल प्रालिका अध्यक्ष कुमार थापाले धुर्मुस सुन्तली फाउन्डेसनलाई २५ लाख रुपैयाँ प्रदान गर्नुभएको हो ।
रंगशाला निमार्णमा सहयोग पुग्ने हिसावले अस्पतालले सकेको सहयोग गरेको अध्यक्ष थापाले बताउनुभयो । धुर्मुस सुन्तली फाउन्डेसनका सिताराम कट्टेल धुर्मुसले थालेको एकल अभियानमा आफूहरु सहयोगी हातकारुपमा उभिन पाउँदा खुसी लागेको थापाको भनाइ थियो । ’यसअघि पनि सिताराम कट्टेल धुर्मुसजीले सामाजिक काममा सफलता पाइसक्नु भएको छ,’ थापाले थप्नु भयो, ’रंगशाला बनाउने अभियान बढिरहेकाले काठमाडौंबाट चितवन आएर चेक हस्तान्तरण गरेको हुं ।
त्रिभुवन विश्व विद्यालयको स्वामित्वमा भरतपुर–१६ मा रहेको कृषि तथा वन विश्व विद्यालयको जग्गामा रंगशाला निर्माण भइरहेको छ । रंगशाला निर्माणको लागि ३ अर्ब लाग्नेछ । २० बिघाहा ६ कठ्ठा क्षेत्रफलमा निर्माण हुने रंगशाला ३० हजार दर्शक क्षमताको रंगशालामा ४ गेट रहनेछ । मुख्य गेटको डिजाइन स्तुप रहने छ । रंगशाला सँगै अभ्यासका लागि २ छुट्टै अभ्यास मैदान समेत हुनेछ ।