neapl investment mega bank
  • गृहपृष्ठ
  • पोखरामा नाडा र वाडा विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरामा नाडा र वाडा विच अन्तरक्रिया कार्यक्रम सम्पन्न

Jan 3rd, 2021

काठमाडौ, पुुस १९

पोखरामा नाडा र वाडा विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । यही पुुस १८ गते शनिवार अटोमोवाइल्स एशोसिएशन अफ नेपाल (नाडा) र पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एशोसिएशन ( वाडा ) विच अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

सो कार्यक्रममा नाडाका अध्यक्ष कृष्णप्रसाद दुलालले नाडाले गरेको हरेक गतिविधीहरु प्रदेश स्तरीय एशोसिएशनहरुलाई जानकारी हुनु पर्ने र त्यसैगरी प्रदेश स्तरीय एशोसिएशनहरुको गतिविधिहरु पनि नाडालाई जानकारी हुनु पर्छ भन्नु हुदै नाडाले सवै प्रदेश स्तरीय एशोसिएशनहरुमा पनि प्रशिक्षण कार्यक्रमहरु सम्पन्न गर्दे लैजाने लक्ष्य लिएको छौ । अहिलेको विधानमा सबै प्रदेहरुलाई समावेश गरी थप सशक्त बनाउने प्रयाश गरेका छौ । सडक विस्तारमा सुधार भई रहे पनि त्यो पर्याप्त छैन । हामीले ट्राफिक प्रहरीसंग पनि विभिन्न क्षेत्रमा सहकार्य गर्दै आएका छौ भन्नु भयो ।

त्यसैगरी सो कार्यक्रमका प्रमुख अतिथी तथा नाडाका पूर्व अध्यक्ष सौरभ ज्योतीले नाडा र वाडा एक जुट भएर अघि बढनु पर्ने धारणा राख्दै सरकारले राजधानीमा प्रदुषण बढेको कारण देखाउदै सवारी साधनहरुको आयातमा नै नियन्त्रण गर्न खोजेको हामीलाई महसुस भई रहेको छ भन्नु भयो । यसै क्रममा उहाले वाडाले आफनो प्रदेश सरकारसंग समन्वय गरेर अघि बढ्नु पर्छ भन्ने धारणा राख्दै बढ्दो प्रदुषणले पर्यटकहरु कसरी पोखरामा आउछन त भन्ने प्रश्न राख्दै हामीले प्रदुषण नियन्त्रणमा पर्याप्त ध्यान दिनु पर्ने धारणा राख्नु भयो । त्यसै क्रममा उहाले अटोमोवाइल वस्तुहरुको तथ्याङ्क राख्नु अत्यन्तै जरुरी छ , यसो भएमा हामीले तथ्यगत रुपमा आफना मागहरु सरकार समक्ष राख्न सक्ने हुदाँ हामा्र मागहरु पुरा हुन सक्ने सम्भावना बढेर जान्छ । उहाले भन्नु भयो नेपालमा अटोमोवाइल जर्नालिजम अघि बढ्न नसकेको सन्दर्भमा हामीले त्यसलाई अघि बढाउन सक्दो प्रयास गर्नु पर्छ भन्नु भयो । उहाले नाडाको तर्फबाट विज्ञ व्यक्तिहरुको सहयोगबाट कार्य गर्नु पर्ने सुझाब पनि दिनु भयो । त्यसैगरी उहाले प्रदेश स्तरीय अटो शो कसरी गर्ने भन्ने बारे पनि सुझाब दिनु भयो ।

सो कार्यक्रममा महासचिव सुनिल रिजालले अटोमोवाइल स्पेयर पार्टसहरु आयात गर्दा भन्सार नाकाहरुमा हुने समस्याहरु बारे जानकारी दिनु हुदै त्यसको समाधानका लागी समेत आफनो सुझाबहरु व्यक्त गर्नु भयो । यसै क्रममा उहाले सबै व्यवसायीहरुले स्वच्छ व्यवसायलाई प्रवद्र्धन गर्नु पर्ने धारणा समेत राख्नु भयो । सो कार्यक्रममा नाडा र वाडाका पदाधिकारी तथा सदस्यहरु बीच विभिन्न विषयहरुमा विचारहरु आदान प्रदान भएको थियो । सो कार्यक्रममा नाडा र वाडाका पदाधिकारी तथा सदस्यहरु समेतको उपस्थिती रहेको थियो ।

नाडाले २०७७ साल पौष १७ गते पोखरामा नै नाडाको केन्द्रीय कार्य समितिको ७ औं बैठक समेत सम्पन्न गरेको थियो । उक्त बैठकले २०७७ फागुन २१ गते नाडाको ४४ औं वार्षिक साधारण सभा होटेल याक एण्ड यतिमा सम्पन्न गर्ने निर्णय समेत गरेको छ । सो बैठकले महासचिव सुनिल रिजालको संयोजकत्वमा सचिव अनुप बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती, सहकोषाध्यक्ष विक्रम सिंहानिया समेत सदस्य रहनेगरी चार सदसिय ४४ औं वार्षिक साधारण सभा तयारी समिति समेत गठन गरेको जनाएको छ ।