काठमाडौ, पुस १८
एभरेष्ट बैंक लिमिटेडले समाजमा रहेको ठुलो तथाफैलिएको वर्गलाई अत्याधुनिक बैकिंग सेवा र सुबिधाहरु उपलब्ध गराउनका लागि हाकिम चौक, चितवनमा आफ्नो १०० औं शाखाको उद्घाटन गरेको छ । यस्का साथै बैंकले घोराही, दाङमा १५ पौष, २०७७ का दिन आफ्नो ९९ औं शाखा स्थापना गरेको थियो ।
एभरेष्ट बैंक लि. का प्रमुख कार्यकारी अधिकृत जी.के. नेगी र नेपाल उद्योग वाणिज्य संघ, चितवनका अध्यक्ष राजु श्रेष्ठले संयुक्त रूपमा हाकिम चौक शाखाको उद्घाटन गरेका छन् । उद्घाटन समारोहमा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत नेगीले उद्घाटन समारोहको मन्तव्यमा हाकिम चौक क्षेत्रका बासिन्दाहरूलाई उच्च गुणस्तरको सम्पुर्ण अत्याधुनिक बैकिंग सेवा प्रदान गराउने आश्वासन दिएका छन् । घोराहीस्थित शाखा पनि एभरेष्ट बैंकका सहायक महाप्रबन्धक केशब पौडेल र घोराही उप-महानगरका मेयर नरुलाल चौधरीले संयुक्त रुपमा उद्घाटन गर्नु भएका छन् ।
स्थापना काल देखिनै ग्राहकहरुको पहिलो रोजाइको यस बैंकमा हालसम्म ११ लाखभन्दा बढी सन्तुष्ट ग्राहकहरु रहेका छन् तथा देशैभरि छरिएर रहेको आफ्नो १०० शाखा संजाल, प्रादेशिक कार्यालय, १३२ एटिएम बुथ सहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेटर बैकिंग सुबिधा प्रदान गर्दै आइरहेको छ । यस बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिदै आइरहेको छ ।