neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • राजश्व छली गर्ने २८ जना बिरुद्ध एक अर्ब ३० करोड बिगो सहित मुुद्धा दायर

राजश्व छली गर्ने २८ जना बिरुद्ध एक अर्ब ३० करोड बिगो सहित मुुद्धा दायर

Jan 2nd, 2021

काठमाडौ, पुुस १८

राजश्व छली गर्ने २८ जना बिरुद्ध एक अर्ब ३० करोड बिगो सहित मुुद्धा दायर भएको छ । राजश्व अनुसन्धान बिभाग हरिहर भवन पुल्चोकले झुट्टा तथा नक्कली मू.अ.कर विजक प्रयोग गरी राजस्व छलि गर्नेसर्लाही जिल्ला स्थाई घरभई पद्म कोलनी सितापाइला, काठमाण्डौ वस्ने राम किसोर प्रसाद समेत २८ जनाबाट एक अर्ब ३० करोड ८६ लाख १२ हजार पाँच सय ६५ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद सजाय मागदावी यही पुुस १७ गते उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो ।

बिभागका अनुसार राम किसोर प्रसादले मोहन ट्रेड इन्टरनेशनल (स्था.ले.नं.६०३८४१७६५) लगायत विभिन्न २६ वटा फर्महरु कमजोर आर्थिक अवस्था भएका मजदुर लगायतका व्यक्तिको नाममा दर्ता गरि उक्त सवै फर्मको बैक खाता संचालन राम किशोर प्रसादले नै गरी विभिन्न फर्महरुको नाममा झुठ्ठा तथा नक्कली बिक्री बीजक जारी गरी आर्थिक बर्ष २०७१, २०७२ देखि आज २०७४, ०७५ सम्ममा मुल्य अभिबृद्धि कर तथा आयकर राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा ३ ले निषेधित कार्य गरी ऐ.ऐनको दफा ४ को (क),(ख), (ग),(घ) र (झ) बमोजिम कसुर गरी मु.अ.कर तर्फ ४३ करोड ८१ लाख ८० हजार तीन सय ७८, आयकर तर्फ ८६ करोड ५६ लाख एक हजार सात सय ८५ र लाभकर तर्फ दुई करोड आठ लाख ३० हजार चार सय दुुई रुपैयाँ राजस्व चुहावट गरेकोले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कुुल बिगो एक अर्ब ३२ करोड ८६ लाख १२ हजार पाँच सय ६५ रुपैयाँ कायम गरी प्राप्त सवै सवुद प्रमाणबाट राजस्व चुहावट गरेको कसुर स्थापित हुन आएकोले उक्त फर्महरुको मुख्य कारोवारी राम किशोर प्रसाद समेत उक्त विभिन्न फर्मका प्रोप्राईटरु २८ जनालाई उल्लिखित कसूर अपराधमा राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ को दफा २३ को उपदफा (१)र(३) तथा सोही ऐन को दफा २३(१), २३(१) को खण्ड (घ) र २३ (४) वमोजिम बिगो एक अर्ब ३२ करोड ८६ लाख १२ हजार पाँच सय ६५ रुपैयाँ असुल उपर गरी कैद सजाय हुन माग दावी लिई आज उच्च अदालत पाटन ललितपुरमा मुद्दा दायर गरिएको बिभागले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi