neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

उपत्यकाका विभिन्न स्थानबाट मोटरसाइकल चोरीमा संलग्न ५ जना पक्राउ

Dec 31st, 2020

काठमाडौ, पुस १६

महानगरीय ट्राफिक प्रहरी महाशाखाको पीडित सहायता ईकाइबाट सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले तार्केश्वटर ६, धर्मस्थलीबाट १ जना र काठमाण्डौ १६, म्हैपीबाट ४ जना गरी मोटरसाईकल चोरी गर्ने ५ जनालाई वुधबार पक्राउ गरेको जानकारी ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले दिएकाछन । धर्मस्थलीबाट नुवाकोटको उले गाउँपालिका वडा नं. ५ घर भई हाल काभ्रेस्थली बस्ने वर्ष २२ को रमेश तामाङ्गलाई रातो रंगको २०० सी.सी. को पल्सर मोटरसाईकलसहित पक्राउ गरिएको महाशाखाले जनाएको छ । उक्त नम्वरको मोटरसाईकल मिति २०७७।०७।०२ गते खुमलटार ललितपुरबाट हराएको हुँदा खोजतलास गरिपाउँ भनि रोशन अधिकारीले महाशाखामा निवेदन दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, सातदोबाटो ललितपुर पठाईएको महाशाखाले जनाएको छ ।

त्यस्तै, काठमाडौ म्हैपीबाट नुवाकोट दुप्चेश्विर गाउँपालिका वडा नं. ५ घर भई हाल काठमण्डौ झोर बस्ने वर्ष २२ को किरण लामा, नुवाकोट दुप्चेश्वार गाउँपालिका वडा नं. ५ घर भई हाल काठमण्डौ गणेशथान बस्ने वर्ष २१ को क्षितिज तामाङ्ग, नुवाकोट सुर्यगडी गाउँपालिका वडा नं. १ घर भई हाल काठमाण्डौ मनमैजु बस्ने दिपक तामाङ्ग र बारा करैया गाउँपालिका वडा नं. ४ घर भई हाल तारकेश्वर नगरपालिका वडानं. १० बस्ने वर्ष २३ को गंगा चौधरी पक्राउ गरिएको महाशाखाले जनाएको छ ।

उनीहरूको साथबाट कालो रंगको १५० सी.सी.को पल्सर मोटरसाईकल पक्राउ परकोमा उक्त मोटरसाईकल वास्तविक नम्बर बा ९८ प ३९७६ रहेको अनुसन्धानबाट खुल्न आएको छ । उक्त नम्वरको मोटरसाईकल २०७७।०३।२१ काठमाण्डौ तारकेश्वर नगरपालिका वडा नं. ५ गोल्ढुङ्गाबाट हराएको हुँदा खोजतलास गरिपाउँ भनि प्रविन ढुंगानाले हुलिया सहितको निवेदन महाशाखामा दिएका थिए । उक्त निवेदनका आधारमा मोटरसाईकल र मानिस पक्राउ गरी आवश्यक कारवाहीको लागि महानगरीय प्रहरी वृत्त, बालाजु पठाईएको । महाशाखाले जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi