काठमाडौ, पुस १६
सानिमा बैंक ओम्नी च्यानलबाट डिजिटल बैंकिङ्ग सेवा सुरुवात गर्ने पहिलो बैंक भएको छ । बैंकले ग्राहकहरुमा समानरुपले डिजिटल बैंकिङ्ग सेवा प्रदान गर्ने उद्देश्यले २०७७ पौष १६ गतेदेखि अर्थात आजबाट आप्mनो मोबाइल बैंकिङ्ग एप् (सानिमा सजिलो ई–बैंकिङ्ग अपग्रेड गरेको हो । सानिमा बैंकको सम्पूर्ण डिजिटल बंैकिङ्ग सेवाहरु मोबाइल बैंकिङ्ग एप् वा वेभ ब्राउजरमा चल्ने हुुंदा, मोवाईल फोन, टयावलेट, ल्यापटप र कम्युटरबाट पनि चलाउन सकिने छ ।
नयाँ भसर्नको साथमा सानिमा बैंकको मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुले ई–क्यास पठाउने र अन्य व्यक्तिहरुले पाउन सक्ने, ई–भौचरबाट जम्मागर्ने, बैंकसंग मिटिङ्ग तय गर्ने, बचत खातातथा ऋणको आवेदन दिने, डिजिटल बंैकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछ आदि, सेवाहरुको लाभ उठाउन सक्नेछन् । साथै, खाताको विवरण हेर्ने, रकम स्थानान्तरण गर्ने, क्युुआर कोडबाट भुक्तानी गर्ने, मुद्दती खाताखोल्ने र अनलाइन भुक्तानी गर्ने जस्ता हालका सेवाहरु पनि प्रयोगकर्ताहरुले प्रयोग गर्न सक्नेछन् । त्यसै गरी बैंक खाता नभएका प्रयोगकर्ताहरुले ई–क्यासबाट पठाएको रकम झिक्न र डिजिटल बंैकिङ्ग सेवाहरु सम्बन्धी सोधपुछको सुबिधा पाउन सक्नेछन् ।
हालका मोबाइल बैंकिङ्ग प्रयोगकर्ताहरुको मोबाइल एप् स्वतःअद्यावधिक हुनेछ । स्वतःअद्यावधिक नभएको खण्डमा डाउनलोड गरी अधावधिक गर्न सकिने छ । बंैकको सातै प्रदेशमा हाल ८५ वटा शाखा, १४ विस्तारित काउन्टरर ८३ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।