neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • पत्रकार महासंघद्धारा सन् २०२० मा प्रेस स्वतन्त्रताको अवस्था, प्रतिवेदन सार्वजनिक

पत्रकार महासंघद्धारा सन् २०२० मा प्रेस स्वतन्त्रताको अवस्था, प्रतिवेदन सार्वजनिक

Dec 31st, 2020

काठमाडौ, पुुस १६

नेपाल पत्रकार महासंघले सन् २०२० मा प्रेस स्वतन्त्रताको अवस्था सम्वन्धी प्रतिवेदन सार्वजनिक गरेको छ । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) का कारण श्रमजीवी नेपाली पत्रकारहरुले ठुलो समस्या भोग्नु परेको छ । कोरोना भाइरस संक्रमणको बाहानामा ठूला भनिएका सञ्चारगृहबाट नै पत्रकारलाई सेवाबाट बञ्चित गर्ने, नियमित सेवा सुविधा उपलब्ध नगराउने, बेतलबी बिदामा राख्ने जस्ता कार्यले श्रमजीवी पत्रकार तथा तिनमा आश्रीत परिवारले आर्थिक समस्या झेल्नुपर्यो ।

कोरोन भाइरसको संक्रमणबाट ७ जना नेपाली पत्रकारको ज्यान गएको छ भने ५१३ जना पत्रकार कोरोना भाइरसबाट संक्रमण भइ ४७० जना सक्रमण मुक्त भएका छन् ।

यस्तै संघीय सरकार र प्रदेश सरकारले सञ्चार सम्बन्धी कानुन निर्माण गर्दा सरोकारवालासंगको छलफल विना नै निर्माण भइरहे । सरकारले संसद समक्ष पु¥याएका सार्वजनिक सेवा प्रसारण सम्वन्धी विद्येयक, सूचना प्रविधि विद्येयक, मिडिया काउन्सिल विद्येयकसहित संचार सम्वन्धी विभिन्न विद्येयकमा प्रेस स्वतन्त्रता विरोधी धेरै दफाहरु रहेका छन् ।

नेपाल पत्रकार महासंघको प्रेस स्वतन्त्रता अनुगमन इकाइमा गरिएको अभिलेख अनुसार सन् २०२० जानवरी १ देखि २०२० डिसेम्वर ३१सम्मको यो एक बर्षको अवधिमा ५२ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरु अभिलेख गरिएको छ । गत बर्ष अर्थात सन् २०१९ मा प्रेस स्वतन्त्रता हननका ५० वटा घटना अभिलेख गरिएको थियो ।

यो एकबर्षको अवधिमा सबैभन्दा धेरै ३२ वटा घटना पत्रकारमाथि दुव्र्यवहार तथा धम्कीका रहेका छन् । त्यस्तै, ९ वटा घटना पत्रकारमाथि आक्रमणका छन् भने ५ वटा घटना पत्रकार गिरफ्तारीका छन् । यस्तै, ४ वटा घटना कब्जा तथा अवरोधका रहेका छन् भने २ वटा घटना पेशागत असुरक्षाका अभिलेख भएका छन् ।

क्र.स घटना प्रकृति संख्या
१.मृत्यु/हत्या  
२. बेपत्ता  
३. गिरफ्तारी
४. कब्जा/अवरोध
५. आक्रमण
६. लैङ्गिक हिंसा  
७. दुव्र्यवहार/धम्की ३२
८. विस्थापन  
९. पेशागत असुरक्षा
१०. नीतिगत बन्देज  
  कुल घटना ५२

स्रतो :नेपाल पत्रकार महासंघ, प्रेस स्वतन्त्रता अनुगमन इकाई, सन् २०२० डिसेम्बर ३१ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi