neapl investment mega bank
  • गृहपृष्ठ
  • सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबिच सम्झौता

सिटिजन्स बैंक र रिटर्नी माइग्रेन्ट नेपालबिच सम्झौता

Dec 31st, 2020

काठमाडौ, पुुस १६

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड ररिटर्नी माइग्रेन्ट नेपालकाबीच सहुलियतपूण वैदेशिक रोजगारीबाट फर्केका युवा परियोजना कर्जा प्रवाह गर्ने सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता पश्चात रिटर्नी माइग्रेन्ट नेपालको सिफारिसमा बैंकले वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलाई सहुलियतपूर्ण कर्जा प्रवाह गर्ने भएको छ ।

वैदेशिक रोजगारीबाट फर्केका युवाहरुलार्ई १० लाखसम्म कर्जा सहुलियतपूर्ण दरमा प्रदान गरिने छ । विदेशबाट फर्किने नेपाली श्रमिकको संख्या दिनानुदिन बढ्ने र यो जनशक्तिलाई रोजगारी र उद्यममा जोड्न सहजहोस् भन्ने उदेश्यका बैंकले यो सम्झौता गरेको हो । मिहिनेत गर्न सक्ने उमेर, जोश जागर, विदेशबाट आर्जित शिप, प्रविधि र धेरथोर लगानीलाई अर्थतन्त्रको मूल प्रवाहमा ल्याउन यस पहल कदमीले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास बैंकले लिएको छ । बिदेशमा रहंदा रोजगारीमा मात्रै केन्द्रित हुनुपर्ने कारणले गर्दा व्यावसायिक ज्ञानको कमि, नेपाली बजारको यथार्थ जानकारी नहुनु, नीति, नियम र प्रणालीसंग परिचितनहुनु, व्यवस्थापकीय ज्ञानको अभाव, सरकारी तवरबाट व्यवसायिक तालिम, अभिमुखीकरण, परामर्शको व्यवस्था नहुनु, वित्तीय साक्षरताको बारेमा जानकारी नहुनुले लगानीयोग्य पुंजी सदुपयोग हुननसकेको परिस्थितिलाई मत्थर पार्न यस सम्झौताले सहज पार्नेछ । राज्यले लिएको विभिन्न किसिमका कर्जाहरुको सजिलो तथा उत्साहपूर्ण ढंगले प्रवाह गर्न बैंकले देशै भरी छरिएका १०९ वटा शाखाहरुबाट विभिन्नशिर्षकमा सहुलियत कर्जा उपलब्ध गराउँदै आएको छ ।

बैकले देशैभरी फैलिएका आफ्ना १०९ वटा शाखा, ९८ वटा ए.टि.एम. र १०६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट करिव साढे ६ लाखग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीबाट सम्पूर्ण विश्वनै आक्रान्त बनेको अवस्थामा यस बैंकले नविनतम प्रविधिको अधिकतम प्रयोग गर्दै सावधानीपूर्वक आफ्ना आदरणीय ग्राहकहरुको वित्तीय आवश्यकताहरु डिजिटली प्रदान गरिरहेको छ । यसलाई मूर्त रुप प्रदान गर्न बैंकले चेकको प्रयोग नगरी आफ्नो मोबाइल बैंकिङ्गएपमा लग–ईन गरेर काउन्टरमा भएको क्यू आर कोड स्क्यान गरी खाताबाट रकम झिक्न इस्क्यान एण्ड वीथ ड्र सेवा, मोबाइल बैंकिङ्गको पिन नं बिर्सेमा बैंकको शाखामा गएर निवेदन दिने झन्झट बाट मुक्तहुन घरबाटै पिन रिसेट गर्न सकिने जस्ता सेवाहरुको थालनी गरेको छ । साथै कोभिड १९ को त्रास अझै पनिकायम रहेको अवस्थालाई मध्यनजर गर्दै ग्राहकहरुलाई सकेसम्म बैंकमा नआइकनै बैकिङ्ग सुबिधा प्राप्त गर्न सहजहोस् भनी बैंकले विभिन्न योजनाहरु संचालनमा ल्याएको छ । यस प्रकारको सेवाबाट बैंकका ग्राहकहरुले सहज रुपमा सेवा प्राप्त गरि लाभान्वित हुने, डिजिटल बैंकिङ्ग सभ्यताको विकास भई कोभिड रोग नियन्त्रणमा सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।