neapl investment mega bank
  • गृहपृष्ठ
  • बुधवार थपिए ५११ कोरोना संक्रमित , ६०० जना डिस्चार्ज, ७ जनाको मृत्यु

बुधवार थपिए ५११ कोरोना संक्रमित , ६०० जना डिस्चार्ज, ७ जनाको मृत्यु

Dec 30th, 2020

आधारभूमि संवाददाता
काठमाडौँ, १५ पुस

बुधवार थप ५११ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको अनुसार पछिल्लो २४ घण्टामा देशभरिका विभिन्न प्रयोगशालामा ५ हजार ११० जनाको नमूना परीक्षण गर्दा उक्त सङ्ख्यामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । यो सँगै हालसम्म सङ्क्रमितको सङ्ख्या २ लाख ६० हजार ५९ पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा पीसीआर विधिबाट ५ हजार ११० जनाको परीक्षण भएको छ । क्वारिन्टिनमा रहेका व्यक्तिहरुको सङ्ख्या ३६२ रहेको छ । कोरोना सक्रिय संक्रमितको संख्या ६ हजार ३०० जना छन् । हालसम्म १९ लाख २६ हजार ४७७ जनाको पीसीआर परीक्षण गरिएको छ।

थप ६०० जना डिस्चार्ज

नेपालमा पछिल्लो २४ घण्टामा ६०० जनाले कोरोना जितेका छन् ।

योसँगै हालसम्म कोरोनामुक्त भई डिस्चार्ज हुनेको कूल सङ्ख्या २ लाख ५१ हजार ९१२ पुगेको छ ।

नेपालमा हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या एक हजार ८४७ पुगेको छ। बुधवार मात्रै ७ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ।