neapl investment mega bank
  • गृहपृष्ठ
  • बिजुली काटिदा कुलमान सम्झीन थाले जनताले , प्राधिकरणले सुधार्न सकेन सेवा

बिजुली काटिदा कुलमान सम्झीन थाले जनताले , प्राधिकरणले सुधार्न सकेन सेवा

Dec 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौं, पुष १५

बिजुली बत्तिको पर्यायबाची शब्द के हो ? कुलमान ? अचेल बत्ति जाँदा धेरैले भन्छन् कुलमान गयो । अर्थात जनताले बिजुलीको ढुक्कले उपभोग गर्न पाएको नै प्राधिकरणको जिम्मेवारी कुलमान घिसिङले सम्हालेपछि हो । उनि पनि प्राधिकरणबाट बाहिरिनु र बत्ति पनि जान सुरु गर्नुले कैयनले यसलाई लोडसेडिङको संकेतका रुपमा लिन थालेका छन् । तर यो सत्य होइन ।

प्रांधिकरणले गत वर्षसम्म टान्फर्मरका कारण लाइन गएको बताउथ्यो । तर यसपाली देखि भने फेरी प्रसारणलाइनको तारलाई दोष थोपरिएको छ ।

ंमंगलबार काठमाडौं उपत्यकाका विभिन्न स्थानामा झ्याप्प लाइन गयो । भारतबाट आयात गरेको बिजुली सहित देशमा उपलब्ध बिजुली माग अनुसारको भएपनि बत्ति गएपछि धेरैले फेरी घिसिङलाइनै सम्झे ।

प्राधिकरण भने सिस्टममा खराबीका कारण लाइन गएको नियोजित रुपमा बत्ति नकाटिएको दावी गर्छ । तर यसका बारेमा उसले जनतालाई भने बताउन सकेको छैन ।

सोमबार साझ ६ बजेर २७ मिनेट जाँदा बिजुली बत्ती झ्याप्प निभ्यो । चन्द्रनिगाहापुर देखि कोहलपुरसम्मको मध्य तथा मध्यपश्चीमको भागमा पुरै अन्धकार भयो । कैयनका मनमा लोडसेडिङ हुन थाल्यो कि क्या हो भन्ने प्रश्न पनि उब्जीयो ।

सोमबार कुल विद्युत माग १४ सय ५७ मेगावाट थियो । गत वर्षको पुष १३ मा १४ सय ७ मेगावाट माग रहेको प्राधिकरण बताउँछ । अर्थात गत वर्षको तुलनामा जम्मा ५० मेगावाट मात्रै माग बढेको हो । बितरण केन्द्रहरुले बताएअनुसार सरदर गत वर्षको तुलनामा १० प्रतिशत माग बढेको छ ।

तर यहि माग धान्न नसकेर कहि तार जलेकाले बिजुली जाने गरेको छ भने कतै फ्युज जाने गरेका छन् । प्राधिकरणले समयमै विद्युत प्रसारणप्रणली अपग्रेड गर्न नसकेका कारण उपभोक्ताले अहिले गुणस्तरीय बिजुली पाउन सकेका छैनन् ।

जाडो बढेसँगै बिजुलीको माग बढेको छ तर खोलामा पानीको बहावमा कमि आएसँगै स्वदेशका आयोजनाको उत्पादन घटेको छ । जसका कारण भारतबाट आयातीत बिजुलीको मात्रा दिनदिनै बढाउनु परेको छ ।

कुल खपत हुने बिजुली मध्ये ४० प्रतिशत भारतबाट आयात गरेको छ । आवश्यक बिजुली उत्पादन गर्न नसक्ने त छदैछ उत्पादित बिजुली समेत बितरण गर्ने प्रणाली स्तरोन्नती गर्न नसक्दा उपभोक्ताले गुणस्तरीय बिजुली पाउन सकेका छैनन् ।

विद्युत प्राधिकरणका अनुसार ७२ मेगावाटको मध्यमस्र्याङ्दीमा पानी नपुगेर एउटा युनिट बन्द गर्नुपर्याे । यसको सट्टामाभारतबाट बिजुली आयात बढाएर मुजफ्फरपुरबाट चन्द्रनिगाहापुर जाने प्रसारणलाइनमा प्राधिकरणले २ सय २० मेगावाट बिजुली प्रवाह गर्न खोज्यो । तर, सिस्टमले नधानेपछि यो प्रसारण एक छिनका लागि बन्द हुन पुग्यो । जसका कारण चन्द्रनिगाहापुर देखि पश्चीमको भाग अर्थात कोहलपुरसम्म अन्धकार भयो । तर यसबारेमा प्रांधिकरणले जनतालाई भने बुझाउन सकेको छैन ।

अब लोडसेडिङ हुने स्थिती त छैन । किनकी सिस्टममा पर्याप्त बिजुली छ । तर पटक पटक लाइन जाँदा उपभोक्तामा भय बढ्ने र फेरी इन्भर्टरको ब्यापार बढ्ने भने संभावना देखिन्छ । यसो नहोस् भनेर सरकार चनाखो हुन जरुरी छ । र प्राधिकरणले पनि जनतालाई आश्वस्त पार्न जरुरी छ ।