neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

बार्सिलोना ईबरसँग बराबरीमा रोकियो

Dec 30th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, पुुस १५

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोना ईबरसँग बराबरीमा रोकिएको छ ।मंगलबार राति भएको खेलमा बार्सिलोनालाई ईबरले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा बार्सिलोनाको लागि डेम्बेलेले एक गोल गरे भने ईबरको लागि किकेले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता ईबरले लिएको थियो । खेलको ५७ औं मिनेटमा किकेले गोल गर्दै ईबरलाई अग्रता दिलाएका थिए ।

तर ६७ औं मिनेटमा बार्सिलोनाका डेम्बेलेले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै बार्सिलोनाले १५ खेलबाट २५ अंक जोडेको छ र छैटौं  स्थानमा छ । ईबरको १६ अंक छ र तालिकाको १५ औं स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi