neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

सालकको खपटा सहित तस्करहरु पक्राउ

Dec 28th, 2020

काठमाडौ, पुुस १३

सालकको खपटा सहित तस्करहरु पक्राउ परेकाछन । चितवन राष्ट्रिय निकुञ्जमा संचालित “अपरेशन महाहण्ट ७“ मा खटिएको नेपाली सेना, बादरझुला बिओपीबाट खटिएका सशस्त्र प्रहरी र निकुन्ज प्रशासनको संयुक्त टोलीले यही पुुस १२ गते दुर्लभ वन्यजन्तु सालकको अवैध तस्करीमा संलग्न रहेका ३ जना व्यक्तिहरुलाई अखेटोपहार सहित पक्राउ गरी कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।

सालकको खपटा अन्दाजी ३७५ ग्राम र सुकुटी अन्दाजी ३०० ग्राम सहित पक्राउ परेका व्यक्तिहरुमा चितवन जिल्ला माडी न.पा. वडा नं. ९ प्लट नं. ६ बस्ने बर्ष ५६ को केशर बहादुर तामाङ्ग, ऐ. जिल्ला प्लट नं. २ बस्ने बर्ष ३२ को शुक्र प्रसाद तामाङ्ग तथा विगतमा चितुवा मारी चितवन राष्ट्रिय निकुञ्जको फरार प्रतिवादीको सुचिमा रहेका सोहि स्थान बस्ने पंचलाल प्रजा रहेका छन् ।

“अपरेशन महाहण्ट ७“ अन्तर्गत भइरहेका प्रयासहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi