neapl investment mega bank

नेपाली स्यानीटाईजरलाई बजारमा समस्या

Dec 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, पुुस १३

नेपाली स्यानीटाईजरलाई बजारमा समस्या देखिएको छ । बिदेशी बजारबाट चोरी, निकासी तथा बिभिन्न माध्यमबाट गुणस्तरहिन स्यानीटाईजर भित्रंदा त्यसको नकारात्मक असर नेपाली स्यानीटाईजरमा परेको हो ।

स्वदेशी स्यानीटाईजर बिदेशी स्यानीटाईजरको तुलनामा निकै नै गुणस्तरीय भएपनि बजारमा समस्या देखिएको छ । जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीबाट उत्पादित २०० मिलिलिटरको ८० रुपैयाँ होलसेल मुल्यमा ८० रुपैयाँमा नै दिंदा पनि बिदेशी कम्पनीको ह्याण्ड स्यानीटाईजर ६० रुपैयाँमा नै बजारमा पाईने हुंदा प्रतिस्पर्धा गर्न निकै गाहे परिरहेको जडिबुटी उत्पादन तथा प्रशोधन कम्पनीका जनरल म्यानेजर ज्ञानेश्वर कार्कीले आधारभुमीलाई बताएकाछन ।

नेपाली स्यानीटाईजर अग्र्यानिक भएकाले बिदेशी स्यानीटाईजरको तुलनामा यो निकै नै राम्रो छ । यि स्यानीटाईजर लगाउँदा हातमा छालाजन्य रोग, क्यान्सर जस्ता रोग लाग्दैन, कार्की भन्छन । स्वास्थ भन्ने कुरा निकै नै संवेदनशिल कुरा हो, यसमा हेलचक्रयाई गर्नुु हुुदैन, केही रुपैयाँको लोभ नगरी राम्रो गुणस्तरीय नेपाली स्यानीटाईजर नै प्रयोग गर्नु पर्छ, उनी भन्छन । यदि सबै नेपालीहरुले स्वदेशी उत्पादन नै प्रयोग गर्न सकेमा यसको फाईदा राज्यले नै पाउँछ, कार्की भन्छन ।