काठमाडौं, २६ कात्तिक
युनाईटेड इन्स्योरेन्स कम्पनीले वार्षिक साधारण सभा सम्पन्न गरेको छ । कम्पनीले मंगलबार काठमाडौंको बबरमहलस्थित कार्की बैंकेटमा २५ औं वार्षिक साधारण सभा सम्पन्न गरेको हो । वार्षिक साधारण सभा कम्पनीका संचालक समिति अध्यक्ष भरत बहादुर कार्कीको अध्यक्षतामा बसी सामान्य प्रस्तावहरु र विशेष प्रस्ताहरुमा छलफल गरि पारित गरेको छ ।
त्यसैगरि संचालक समिति सदस्यहरुको बैठक भत्ता सम्बन्धि प्रस्ताव साधारण सभाको बहुमतले पारित भएको घोषणा संचालक समिति अध्यक्ष एवं सभाका सभाध्यक्षबाट घोषणा गरे । प्र्रस्तावहरुमा आ.व. २०७४/०७५ वार्षिक प्रतिवेदन, सोहि आ.व.को नाफा नोक्सान तथा नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु पारित गर्दै आगामी आ.व. २०७५/०७६ को लागि लेखा परिक्षकमा मदन निरौला एण्ड कम्पनीलाई नियुक्त गरिएको सर्वसम्मतरुपमा बैठकबाट पारित गरेको छ ।
त्यसैगरि विशेष प्रस्तावको रुपमा पेश भएको संचालक समितिको संरचनामा सात जना संचालक सदस्यहरु रहने गरि कम्पनीको विनियमावलीमा संसोधन गर्ने प्रस्तावर कम्पनीले भविष्यमा कुनै निर्जिवन बीमा कम्पनीहरुसंग एक आपसमा गाग्ने/गाभिने चलअचल सम्पत्ति र दायित्व मूल्यांकन गर्नको लागि मान्यता प्राप्त मूल्यांकनकर्ता नियुक्त गर्न निजको पारिश्रमिक तोक्न लगायत मर्जर सम्बन्धि अन्य आवश्यक प्रकृया पुरा गर्न संचालक समितिलाई अख्तियारी दिने प्रस्तावहरु सर्वसम्मत रुपमा पारित भएको छ ।