neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • शीर्ष स्थानको लिभरपुल वेस्ट ब्रोमसँग बराबरीमा रोकियो

शीर्ष स्थानको लिभरपुल वेस्ट ब्रोमसँग बराबरीमा रोकियो

Dec 28th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, पुुस १३

प्रिमियर लिग फुटबलमा लिभरपुल वेस्ट ब्रोमसँग बराबरीमा रोकिएको छ ।आईतबार राति भएको खेलमा लिभरपुललाई वेस्ट ब्रोमले १-१ गोलको बराबरीमा रोकेको हो ।

खेलमा लिभरपुलको लागि साडियो मानेले एक गोल गरे भने वेस्ट ब्रोमको लागि सेमी अजायीले एक गोल गरेका थिए।

खेलमा पहिलो अग्रता लिभरपुलले लिएको थियो । खेलको १२ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई पहिलो हाफमा १-० ले अघि बढाएका थिए।

तर, दोस्रो हाफको ८२ औं मिनेटमा वेस्ट ब्रोमका सेमी अजायीले गोल गर्दै खेल बराबरीमा फर्काए र टोलीलाई हारबाट जोगाए ।

बराबरीसँगै लिभरपुलले १५ खेलबाट ३२ अंक जोडेको छ र शीर्ष स्थानमा छ । वेस्ट ब्रोमको ८ अंक छ र तालिकाको १९ औं स्थानमा छ ।लिभरपुलले अंक तालिकामा ५ अंकको अग्रता लिने अवसर गुमाएको छ ।दोस्रो स्थानको एभर्टनको १५ खेलबाट २९ अंक छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi