neapl investment mega bank
  • गृहपृष्ठ
  • २००७ सालका दुई तर्जन क्रिश्चियन अहिले ४० लाख पुग्दा तपाईको मन दुःख्दैन ? – अध्यक्ष थापा

२००७ सालका दुई तर्जन क्रिश्चियन अहिले ४० लाख पुग्दा तपाईको मन दुःख्दैन ? – अध्यक्ष थापा

Dec 27th, 2020

काठमाडौं, पुस १२

राप्रपा अध्यक्ष कमल थापाले २००७ सालमा दुई दर्जन क्रिश्चियन रहेका भएपनि अहिले आएर ४० लाख क्रिश्चियन भएको भन्दै नेपाली जनतालाई के तपाईँलाई मन दुख्दैन भनेर प्रश्न गरेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भनेका छन्, ‘कुनै धर्मप्रति मेरो वैमनस्यता र विरोध छैन। सबै धर्म प्रति मेरो सम्मान छ। तर,बि।सं २००७ सालमा २ दर्जन क्रिश्चियन भएको नेपालमा लोभलालच र भ्रम सिर्जना गरेर तथा योजनाबद्ध र संगठितरूपमा भैरहेको धर्मपरिवर्तनको परिणामस्वरूप अहिले करिव ४० लाख पुगेको छ ।हाम्रो गौरवशाली सनातन धर्म र सभ्यता माथीको यो आक्रमणले असह्य पिडा हुन्छ।के तपाईको मन दुःख्दैन?’

अध्यक्ष थापाले धर्म बचाउन आग्रह गर्दै भनेका छन्, ‘धर्मपरिवर्तनको निशानामा सबैभन्दा बढी आदिवासी, जनजाति र दलित समुदाय परेका छन्। पहिचानको रक्षा गरौं भन्ने कथित छद्मभेषीहरू आदिवासी, जनजाति र दलित समुदायको पहिचान मेटाउने षडयन्त्रका मतियार हुन्।यिनले बिदेशीले दिने डलरसंग राष्ट्रको पहिचान र गौरव बेच्ने गद्दारी गरिरहेका छन्।
सनातन धर्म संस्कृतिको रक्षा गरौं’ ।