neapl investment mega bank
  • गृहपृष्ठ
  • सञ्चारमन्त्री गुरुङद्धारा राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता व्यक्त

सञ्चारमन्त्री गुरुङद्धारा राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता व्यक्त

Dec 26th, 2020

काठमाडौ, पुस ११

सञ्चार तथा सूचनाप्रविधिमन्त्रीपार्वत गुरुङलेइमान्दारिताका साथ राष्ट्र सेवाको काममा लागिरहने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । सरकारका प्रवक्ता समेत रहनु भएका मन्त्री गुरुङले उच्च नैतिकता, स्वाभिमान र इमान्दारिताका साथ काम गर्दा मात्रै रहेक क्षेत्रमा सफलता प्राप्त हुने पनि स्पष्ट पार्नु भयो ।

रत्न–धर्म स्मृति प्रतिष्ठानले शनिबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले उच्च नैतिकता र इमादारिताकाकाम गरेकै कारण आफूले राष्ट्रको सेवागर्ने अवसर पाएको बताउनु भयो । मन्त्री गुरुङले मानवीय सेवा र समाज सेवाको काममा समर्पित भएर लाग्न सामाजिक संघ, संस्थालाई समेत आह्वान गर्नु भयो । उच्च नैतिकता र इमान्दारिताका साथ काम गर्न मन्त्री गुरुङले सबैलाई आग्रह गर्नु भयो ।

कार्यक्रममा मन्त्री गुरुङले शैक्षिक अभियन्ता डीबी खड्काद्धारा लिखित ‘कल्पना र वेदना ’तथा ‘सपना र सृजना’ नामक कविता संग्रह तथा ‘जुुँगुुदेखि मुगुुसम्म’ को अनुुभूति समेटिएको निबन्ध संग्रह विमोचन गर्नु भएको थियो भने नेपाली सेनाका उपरथी डा. सहदेव खड्कालाई सम्मान गर्नु भएको थियो । त्यस अवसरमा मन्त्री गुरुङले शैक्षिक अभियन्ता खड्काले उच्चमाध्यामिक शिक्षा परिषदमा कार्यरत रहँदा नेपालको शैक्षिक क्षेत्रको विकासमा उल्लेखनीय योगदान पु¥याउनु भएको चर्चा समेत गर्नु भएको थियो ।