काठमाडौ, पुुस ११
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को कार्य व्यवस्था समितीको बैठक सम्पन्न भएको छ । पार्टीका अध्यक्ष डा. प्रकाश चन्द्र लोहनीको अध्यक्षतामा बसेको पार्टीको केन्द्रिय सचिवालय कार्य व्यवस्था समितीको बैठकले यही पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस ७७ वटै जिल्लामा मनाउने निर्णय गरेको छ । अर्कोतर्फ यही पुस १८ गते काठमाडौमा हुुने उपत्यकाव्यापी बृहद जनप्रर्दशनलाई शसक्त र प्रभावकारी बनाउने निर्ण गरेको छ ।
बैठकमा अध्यक्षद्धय पशुुपती शमसेर जवरा र कमल थापाको समेत उपस्थिती रहेको राप्रपाले जनाएको छ ।