neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • सरकारी कर्मचारीको तलव फेरी बढ्ने, अख्तियारले दियो यस्तो सुझाव

सरकारी कर्मचारीको तलव फेरी बढ्ने, अख्तियारले दियो यस्तो सुझाव

Dec 25th, 2020

आधारभूमि संवाददाता

काठमाडौ, १० पुस

सरकारी कर्मचारीको तलव फेरी बढ्ने भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी कर्मचारीको यथोचित तलब बृद्धिका लागि सरकारलाई सुझाव दिएको छ ।

अख्तियारले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज बुझाएको वार्षिक प्रतिवेदनमा तलव बढाउन सुझाव दिइएको हो ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यवाहक प्रमुख आयुक्त डा गणेशराज जोशीले पेश गरेको आर्थिक वर्ष २०७६/०७७ को वार्षिक प्रतिवेदनमा आर्थिक बृद्धि र महंगीको अनुपातमा तलब बृद्धि हुने व्यवस्था मिलाउन सुझाव दिइएको छ ।

अख्तियारका प्रवक्ता तारानाथ अधिकारीद्वारा जारी प्रेस विज्ञप्तिमा मुलुकको आर्थिक विकासको स्तर एवं आर्थिक अवस्था अनुरूप सबै तहका कर्मचारीलाई आधारभूत आवश्यकता परिपूर्ति गर्नसक्ने गरी यथोचित तलब लगायत आवास, शिक्षा, स्वास्थ्य जस्ता सुविधाको व्यवस्था गर्ने र वार्षिक मूल्यबृद्धिको अनुपातमा स्वतः तलब बृद्धि हुने व्यवस्था गर्ने उल्ल्ख छ ।

संबैधानिक निकायले कर्मचारीको तलव बढाउन सुझाव दिएपछि तलव बढ्नेमा कर्मचारी ढुक्क छन् । सधै पर्याप्त तलव नहुँदा जीवन निर्वाहको लागि आर्थिक कठिनाइसँग जुझ्नु परेको थियो, अव भने राहत होला जस्तो छ -एक कर्मचारीले भने ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi