neapl investment mega bank
  • गृहपृष्ठ
  • ललितपुरको महालक्ष्मी नगरकमिटिले गर्‍यो अगुवा कार्यकर्ता भेला

ललितपुरको महालक्ष्मी नगरकमिटिले गर्‍यो अगुवा कार्यकर्ता भेला

Dec 24th, 2020

आधारभूमि संवाददाता
ललितपुर, ९ पुस


ललितपुरको महालक्ष्मी नगर कमिटिले ग¥यो अगुवा कार्यकर्ता भेला कार्यक्रमको आयोजना गरेकोे छ । भेला बोल्दै बागमती प्रदेश मामिला समितिका सभापति तथा ललितपुर क्षेत्र नं.का २ का माननीय प्रदेश सांसद माधव पौडेलले के. पी.ओली पद, पैसा लागि मात्र नेकपा पार्टी अध्यक्ष भएकोे बताउँदै विधायिका सदनबाट पुनस्थापना गर्न सबै अगुवा कार्यकर्ता जुट्नु पर्ने समय आएको बताए ।

अर्का नेता बागमती प्रदेस सभा सदस्य तथा ललितपुर नेकपा ललितपुर जिल्ला कमिटीका सचिव राजकाजी महर्जनले महेश बस्नतले प्रचन्ड र माधव कुमार नेपाल भक्तपुर प्रवेश गरेमा टाउको फुटाउने हवाला दिदै आएको र महेश बस्नेत पनि ललितपुर प्रवेश गरेमा पनि आफूले सुतली बमले उडाई दिने बताउँदै त्यस्ता डर, धम्कीले कुनै पनि कार्यकर्ता निडर भएर पार्टीमा लाग्न आग्रह गरे ।

कार्यक्रममा बागमती प्रदेश सदस्य ललितपुर क्षेत्र नं.३ का जीवन खड्काले के. पी. शर्मा ओलीेले प्रदेश संसद पनि विघटन गर्न अग्रसर भईरको बताए । कार्यक्रममा बागमती प्रदेश सदस्य शिव कटेल, नेकपा ललितपुर जिल्ला सदस्य चिरिञ्जीवी आचार्य, भरत पराजुली, महालक्ष्मी नगर कमिटी सदस्यहरु केदार के. सी., राम गोपाल सिंह , विजय बानियाँ, सरला के. सी,उमंग के. सी, ललितपुर युवा संघ संयोजक धन कुमार मैलाली लगायत विभिन्न अगुवा कार्यकर्ताहरुको उपस्थिति रहेको थिए ।

कार्यक्रमको सभापतित्व गर्दै महालक्ष्मी नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष नकुल थापाले पार्टीलाई परेको अप्ठेरो र विषम परिस्थितिबाट जोगाउनु सबै अगुवा कार्यकर्ताहरुको दायित्व भएको र आउँदो पौष ११ गते शनिबार सिद्घिपुर पार्टी प्यालेसमा भेला हुन आग्रह गरे ।