neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंक र डोटीको सायल गाउँपालिका तथा बैतडीको पञ्चेश्वर गाउँपालिका बिच सम्झौता

नबिल बैंक र डोटीको सायल गाउँपालिका तथा बैतडीको पञ्चेश्वर गाउँपालिका बिच सम्झौता

Dec 23rd, 2020

काठमाडौ, पुस ८

नबिल बैंक लिमिटेडले स्थानिय बासिन्दाको अर्थिक गतिविधिमा सहयोग पु¥याउने उदेश्य अनुरुप विभिन्न गाउ“पालिकामा रहेका शाखा मार्फत स्थानिय निकायस“ग समन्वय गरी साना तथा मद्यौला ब्यवसायका साथै कृषि सम्बन्धि कार्यक्रममा सहयोग पु¥याउनको लागि स्थानिय निकायस“ग सम्झौता गरेको छ ।

सोही उदेश्य अनुरुप यही पुुस पाँच गते सायल गाउँपालिकाका अध्यक्ष तेज बहादुर डुम्रेल र यही पुस छ गते पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष गोरख बहादुर चन्दस“ग नबिल बैंकका सहायक महाप्रबन्धक गणेश प्रसाद अवस्थीको उपस्थितिमा बैंकका सुदूर पश्चिम प्रदेश प्रमुख दिगेन्द्र चन्दविच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सो कार्यक्रममा जनप्रतिनिधि, स्थानिय व्यबसायी, व्यापारी, महिला उद्यमी, कृषक एवम विभिन्न राजनीतिक दलहरुका प्रतिनिधि समेतका उपस्थिती थियँे । उक्त कार्यक्रम माथि प्रकाश पार्दै नबिल बैंकका सहायक महाप्रबन्धक अवस्थीले नेपाल राष्ट्र बैंकद्वारा जारी निर्देशिका अनुरुप व्यवसायिक कृषि तथा पशुपन्छी र महिला उद्यमशिलतामा आधारित सहुलियत पुर्ण कर्जाको माध्यमब्ाँट स्थानियको आर्थिक विकासमा बैंकले के कस्तो योगदान दिन सक्छ भन्ने विषयमा स्पष्ट पारे । गाउ“पालिकाका अध्यक्षद्वय तेज बहादुर डुम्रेल र गोरखबहादुर चन्दले, बैंक र गाउ“पालिकाब्ँिचको सम्झौता प्रशंसा योग्य रहेको धारण व्यक्त गरे ।

सो कार्यक्रममा उपस्थित प्रतिनिधिहरुले यो सम्झौताबाट सो क्षेत्रको कृषि तथा उद्यमशिलताको क्षेत्रमा व्यापक परिवर्तन ल्याउनका साथै गाउ“को आर्थिक विकासका गतिविधिमा थप टेवा पुग्ने धारणा व्यक्त गरे ।

बैकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिलरेमिट एजेन्टहरुका साथमा देशव्यापी रुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवाप्रदान गरेर आफ्ना सबै स्टेक होल्दरहरु संगै अघि बढ्ने विश्वास राखेको छ ।