neapl investment mega bank
  • गृहपृष्ठ
  • नयाँ नक्सा सार्वजानिक गराउने सम्बन्धमा राज्य व्यवस्था समितिको यस्तो धारणा

नयाँ नक्सा सार्वजानिक गराउने सम्बन्धमा राज्य व्यवस्था समितिको यस्तो धारणा

Nov 12th, 2019

काठमाडौं, २६ कार्तिक
लिम्पियाधुरा, लिपुलेक र कालापानी  क्षेत्रलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजानिक गर्नुपर्नेमा चौतर्फी दबाव परेको छ । यसैक्रममा संसदको राज्य व्यवस्था समितिको बैठकले लिम्पियाधुरा, लिपुलेक र कालापानी क्षेत्रलाई समेटेर नयाँ नक्सा सार्वजनिक गर्न नेपाल सरकारलाई निर्देशन दिएको छ ।

समितिले सामबारको बैठकमा नेपालले औपचारिक रुपमा प्रयोग गर्दै आएका नक्सा त्रुटीपूर्ण रहेकाले लिम्पियाधुराबाट निस्केको मुहान नै महाकाली नदिको मुख्य मुहान भएकाले त्यसलाई समेटेर नेपालको नयाँ नक्सा सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएको हो ।

यसैगरी  समितिले नेपाले प्रयोग गर्दै आएको निशासन छापमा प्रयोग भएको नक्सामा समेत लिम्पियाधुरा, लिपुलेक र कालापानी नरहेको तथ्य सार्वजनिक भएको प्रति चासो व्यक्त गर्दै सबै भुभाग समेट्ने गरी नयाँ नक्सा वनाउन सरकारलाई निर्देशन दिएको छ । 

समितिको निर्देशनमा भनिएको छ, “भारतीय अतिक्रमण रोक्नका लागि कालापानीसहितका क्षेत्रमा सीमासुरक्षा बलको स्थायी क्याम्प राखियोस् । भारतको अतिक्रमणविरुद्ध राज्य, त्यसका सबै अंग, राजनीतिक दल, नागरिक समाज र आमनागरिक एकजुट हुनु जरुरी छ। सरकारले भारतको सीमाक्षेत्रमा आफ्नो बलियो उपस्थिति पनि देखाउनेतर्फ काम गर्नुपर्छ, ।” साथै समितिले भारतसँग देखिएको सीमा विवादलाई राजनीतिक र कुटनीतिक ढंगबाट समाधान गर्न सुझाव दिएको छ ।