neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • ला लिगा फुटबलमा बार्सिलोनाको सानदार जित,मेस्सीले तोडे पेलेको कीर्तिमान

ला लिगा फुटबलमा बार्सिलोनाको सानदार जित,मेस्सीले तोडे पेलेको कीर्तिमान

Dec 23rd, 2020

आधारभूमि संवाददाता
काठमाडौ, पुुस ८

स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सानदार जित निकालेको छ।मंगलबार राति भएको खेलमा बार्सिलोनाले रियल भालाडोलिड ३-० गोलले पराजित गरेको हो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सी,क्लीमेन्ट लेन्लेट र मार्टिन ब्रेथवेटले एक(एक गोल गरे । बार्सिलोनाले दुई गोल पहिलो हाफमा र एक गोल दोस्रो हाफमा गरेको हो ।

खेलको २१ औँ मिनेटमा क्लीमेन्ट लेन्लेटले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाएका थिए। ३५ औँ मिनेटमा मार्टिन ब्रेथवेटले गोल गर्दै पहिलो हाफमा टोलीको अग्रता दोब्बर पारे ।

दोस्रो हाफको ६५ औँ मिनेटमा कप्तान लियोनल मेस्सीले । पेड्रीको ब्याकहिलको पासमा गोल गर्दै टोलीलाई ३-० को शानदार जित दिलाए र पेलेको कीर्तिमान पनि तोडे । मेस्सीले बार्सिलोनाबाट ६ सय ४४ गोल पूरा गरेका छन् । ब्राजिलका लिजेण्ड  पेलेले सन् १९५६ देखि १९७४ सम्म १९ सिजनमा सान्तोसका लागि ६४३ गोल गरेर कीर्तिमान बनाएका थिए ।

जितसंगै बार्सिलोनाले १४ खेलबाट २४ अंक जोडेको छ र पाँचौ स्थानमा छ। पराजित रियल भालाडोलिडको १४ अंक छ र १८ औँ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi