neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi
  • गृहपृष्ठ
  • घरेलु मैदानमा युभेन्ट्स फिओरेनटिनासँग ३-० गोलले पराजित

घरेलु मैदानमा युभेन्ट्स फिओरेनटिनासँग ३-० गोलले पराजित

Dec 23rd, 2020

आधारभूमि संवाददाता
काठमाडौ, पुुस ८

इटालियन सिरि ए फुटबलमा फिओरेनटिनाले युभेन्ट्सलाई पराजित गरेको छ । मंगलबार राति भएको खेलमा युभेन्ट्सलाई उसकै घरेलु मैदानमा फिओरेनटिनाले ३-० गोलले पराजित गरेको हो ।

फिओरेनटिनालाई जित दिलाउन दुसान भ्लाहोविक र मार्टिन क्यारेसले एक एक गोल गरे ।फिओरेनटिनाले एक गोल आत्मघाति गोल उपहार पाएको हो।

खेलको तेस्रो मिनेटमा दुसान भ्लाहोविकले गोल गर्दै फिओरेनटिनालाई सुरुवाती अग्रता दिलाएका थिए।खेलको १८ औं मिनेटमा युभेन्ट्सका जुआन कुआड्राडोले रातो कार्ड खादै मैदानबाट बाहिरिएपछि युभेन्ट्स १० खेलाडीमा सिमित बनेको थियो।पहिलो हाफमा १-० ले अघि बढेको फिओरेनटिनाले दोस्रो हाफमा एक गोल गरेको हो ।

दोस्रो हाफको ७६ औँ मिनेटमा युभेन्ट्सका अलेक्स स्यान्ड्रोले आत्मघाती गोल गरेपछि फिओरेनटिना २-० ले अघि बढ्यो। त्यसको ५ मिनेटपछि मार्टिन क्यारेसले गोल गर्दै टोलीलाई ३-० ले अघि बढाए। त्यसपछि बाकी समयमा कुनै गोल हुन सकेन र फिओरेनटिनाले जित निकालेको हो ।

जितसँगै फिओरेनटिनाले १४ खेलबाट १४ अंक जोडेको छ र १५ औँ स्थानमा छ ।पराजित युभेन्ट्सको १३ खेलबाट २४ अंक छ चौथौ स्थानमा छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi