neapl investment mega bank
  • गृहपृष्ठ
  • नबिल बैंकद्धारा ३५ दसमलव २६ प्रतिसत लाभांस घोषणा

नबिल बैंकद्धारा ३५ दसमलव २६ प्रतिसत लाभांस घोषणा

Dec 22nd, 2020

काठमाडौ, पुुस ७

नबिल बैकले कर सहितको कुल ३५ दसमलव २६ प्रतिसत लाभांस बितरण गर्ने घोषणा गरेको छ । बैंकको यही पुुस छ गते सम्पन्न नबिल बैंक लिमिटेडको संचालक समितिको ५५२ औं बैठकले बैंकको आ.व. २०७६/७७ को मुनाफा मध्येबाट शेयरधनीहरुलाई कर सहितको कुल ३५ दसमलव २६ प्रतिसत लाभांश (३३ दसमलव पाँच प्रतिसत बोनश शेयर अर्थात १०० कित्ता बराबर ३३ दसमलव पाँच कित्ता तथा कर प्रयोजनको निमित्त एक दसमलव ७६ प्रतिसत नगद लाभांश) वितरण गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंक तथा बैंकको आगामी ३६ औं वार्षिक साधारण सभाको स्वीकृति पश्चात् आवश्यक प्रक्रिया पुरा गरी बैंकका शेयरधनीहरूलाई वितरण गरिने छ ।

बैंकले आ.व. २०७६/७७ मा निजी क्षेत्रका बैंकहरुमध्ये उच्चतम मुनाफा तीन अर्ब ४६ करोड हासिल गर्न सफल भएको छ । बैंकले जेथामा प्रतिफल १३ दमसलव ६१ प्रतिशत र प्रति शेयर आम्दानी ३६ रुपैयाँ १६ पैसा हासिल गरी आफ्नो वासलात विस्तार गर्दै दुुई खर्ब ३८ अर्ब पु¥याएको छ । बैंकको संचालन मुनाफा पाँच अर्ब नौ करोड रहेको छ । आ.व. २०७५/७६ मा बित्तीय क्षेञबाट ठूला करदाताहरु मध्ये सबै भन्दा बढी आयकर बुझाउन सफल बैंककोरुपमा नबिल बैंक स्थापित भएको छ।यस बैंकले आधुनिकिकरणलाई आत्मसाथ गर्दै डिजी बैंकको अवधारणालाई समेत अवलम्बन गरेको छ ।

नबिल बैंकले ११९ वटा शाखाहरु, १८५ वटा एटिएमहरुको विशाल संरचना र १५०० भन्दा बढी नबिल रेमिट एजेन्टहरुका साथमा देशव्यापीरुपमा र विश्वभर धेरै एजेन्टहरु मार्फत सेवाप्रदान गरेर आफ्ना सबै सरोकारवालाहरुसंग संगै अघि बढ्ने विश्वास राखेको छ ।