neapl investment mega bank aadharbhumi aadharbhumi aadharbhumi

नियन्त्रित लागूऔषध सहित पक्राउ

Dec 21st, 2020

काठमाडौं, ६ पुस

काठमाडौं महानगरपालिका-२२ खिचापोखरीस्थित सडक किनाराबाट नियन्त्रित लागूऔषध डाईजेपाम ६१ एम्पुल, बुप्रेनोर्फिन(नूफिन) १ सय २५ एम्पुल र फेनारगन १ सय २६ एम्पुल सहित दुई जनालाई प्रहरीले आइतबार दिउँसो पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी रुपनी गाउँपालिका-२ बस्ने ३७ वर्षीय सन्तोष भन्ने रामनारायण यादव र ललितपुर महानगरपालिका-५ बस्ने ४३ वर्षीय सुरज केसी रहेका छन् ।

यसैगरी काठमाडौं महानगरपालिका-३२ कोटेश्वरबाट नियन्त्रित लागूऔषध डाईजेपाम ४ सय ९७ एम्पुल, बुप्रेनोर्फिन ४ सय ९८ एम्पुल, फेनारगन ४ सय ८१ एम्पुल र नाईट्राजेपाम १२ सय ट्याबलेट सहित २ जनालाई आइतबार बेलुका प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा सिराहा नवराजपुर गाउँपालिका-५ बस्ने २२ वर्षीय धर्मदेव यादव र सोही ठाउँ बस्ने २५ वर्षीय चितरञ्जन यादव रहेका छन् ।

लागूऔषध नियन्त्रण व्यूरोबाट खटिएको प्रहरी टोलीले बिशेष सूचनाको आधारमा उक्त परिमाणको लागूऔषध सहित उनीहरूलाई पक्राउ गरी आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।

aadharbhumi
aadharbhumi
aadharbhumi aadharbhumi