neapl investment mega bank
  • गृहपृष्ठ
  • मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सहकार्य

मुक्तिनाथ विकास बैंक र मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरबीच सहकार्य

Dec 21st, 2020

काठमाडौ, पुुस ६

मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गर्दै आइरहेकोमा पोखरास्थीत मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरसंग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टर तर्फबाट अध्यक्ष रमेश कुमार थापा र मुक्तिनाथ विकास बैंकको तर्फबाट गण्डकी प्रदेश प्रमुख बाबुराम ढकालले हस्ताक्षर गरेका हुुन ।

सम्झौतापश्चात मुक्तिनाथ विकास बैंकका ग्राहकहरुलाई मेडिप्लस हस्पिटल तथा ट्रमा सेन्टरको विभिन्न सेवाहरुमा १० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । यसरी विभिन्न संस्थासंग हातेमालो गर्दै कोभिढ १९ को संक्रमणबाट सुरक्षित भई डिजिटल बैंकिङ्ग कारोबार बढाउने कार्यमा उल्लेखित सम्झौताहरुले थप प्रोत्साहान गर्ने अपेक्षा बैंकले लिएको छ । साथै बैंकको ग्राहकले भिसा नेटवर्क अन्र्तगत जुन सुकै बैंकको एटिएमबाट विनाकुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरिएको समेत बैंकले जनाएको छ ।